
चीनका राष्ट्रध्यक्ष हु चिन थाउले कोस्टारिकाको भ्रमण समाप्त गरी हिजो सत्र तारिख दिउँसो कोस्टारिकाको राजधानी सान जोसबाट क्युबातर्फ प्रस्थान गर्नुभयो।

श्री हु चिन थाउ वाशिङटनमा बीस मुलुक समूह नेताहरुको बैकिङ बजार तथा विश्व आर्थिक शिखर सम्मेलनमा सहभागी भएपछि सोह्र तारिख कोस्टारिका पुग्नुभयो। भ्रमण अवधिमा चीन र कोस्टारिकाबीचका आपसी धेरै दस्तावेजहरुमा हस्ताक्षर गर्नुभयो।
कोस्टारिकाका विदेशीमन्त्री बुनो स्टाग्नो अगर्ट तथा सरकारी अधिकारीहरु ,कोस्टारिकाका लागि चीनका राजदूत उङ स्यो इउयान आदि उच्च पदस्थ व्यक्तिहरुले विमानस्थलमा राष्ट्रध्यक्ष हु चिन थाउको विदाइ गर्नुभएको थियो।
|