 यस महिनाको चौध तारिखदेखि अठार तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य, चीनको केन्द्रीय सरकारका अनुशासन सचिव ह को छ्याङले चीनको दक्षिणी भागमा पर्ने क्वांग तुंग प्रान्तको निरीक्षण गर्नुभयो। दुपोन्ट कम्पनीको शन चन शाखाको निरीक्षण गर्दा उहाँले विदेशी व्यवसायीहरुलाई चीनमा लगानी गर्ने विश्वास बढाउन प्रोत्साहन गर्नुभयो।
अन्तर्राष्ट्रिय बैंकिंङ संकटद्वारा चीनमा ल्याइएको नकारात्मक असरको सामु श्री ह को छ्याङले चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न स्तरका समिति तथा विभिन्न स्तरका सरकारलाई बासिन्दाहरुको खर्च गर्ने माग बढाउन प्रयास गर्नुपर्ने, सुधार तथा खुलापनलाई निरन्तर रुपमा गहन पार्नुपर्ने, जनताको जीवनयापन स्तरको वास्तविक रुपमा प्रत्याभूति दिनुपर्ने कुरामा आग्रह गर्नुभयो।
|