चिनियाँ राष्ट्रिय पर्यटन व्यूरोद्बारा आज शाङ्ग हाइमा प्रकाशित तथ्यांकका अनुसार, गत वर्ष अर्थात सन् 2007मा चीनको पर्यटन उद्योगबाट प्राप्त आम्दानी एक खर्ब 50 अर्ब अमेरिकी डलर पुगेको छ। यस आयले इतिहासमा नयाँ रेकर्ड सिर्जना गरेको छ।
राष्ट्रिय पर्यटन व्यूरोको अनुमानअनुसार, सन् 2015सम्म चीन पर्यटक भित्र्याउने विश्वको पहिलो ठूलो देश, पर्यटनका लागि बहिर्गमन गर्ने संख्याको दृष्टिबाट चौथौं मुलक र राष्ट्रभित्र पर्यटन क्षेत्रमा विश्वको सबैभन्दा ठूलो बजार बन्नेछ।
|