चीनका राष्ट्राध्यक्ष हु चिन थाउले स्थानीय समय अनुसार हिजो क्युवाको राज्य परिषदका अध्यक्ष एवम् मन्त्री परिषदका अध्यक्ष राउल काष्द्रो रुजसँग भेट-वार्ता गर्नुका साथै क्युवा कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका प्रथम सचिव फिदल अलेज्यान्द्रो काष्द्रो रुजसँग पनि भेट-घाट गर्नुभयो।

राउल काष्द्रो रुजसँग भेट-वार्ता गर्दै राष्ट्राध्यक्ष हु चिन थाउले राजनीति सम्बन्धलाई घनिष्ठ पार्ने, आर्थिक र व्यापारिक आदान-प्रदानलाई सबल पार्ने, मानवीय र सामाजिक आदान-प्रदानलाई विस्तार गर्ने, बहुपक्षीय मामिलाको समन्वयलाई बढाउने चार वटा प्रस्तावहरु प्रस्तुत गर्नुभयो। श्री राउल काष्द्रो रुजले श्री हु चिन थाउद्बारा प्रस्तुत गरिएका प्रस्तावहरु स्वीकार गर्नुका साथै दुई पक्षले विभिन्न क्षेत्रको सहयोगलाई निरन्तर रुपमा सबल पार्ने अपेक्षा गर्नुभयो। यसका साथै उहाँले श्री हु चिन थाउको विशेष विमानद्बारा क्युवाका जनतालाई पठाइएको उद्धार सामग्रीप्रति धन्यवाद दिनुभयो।

श्री हु चिन थाउले फिदल अलेज्यान्द्रो काष्द्रो रुजसँग भेट-घाट गर्दै चिनियाँ जनता क्युवाका जनताले राष्ट्रिय सार्वभौमिक्ताको संरक्षण गर्ने कुरामा अडिग भएर लागिरहेको कुरा बताउनुभयो। श्री फिदल अलेज्यान्द्रो काष्द्रो रुजले क्युवा पार्टी, सरकार र जनताले चिनियाँ पार्टी, सरकर र जनतासँग मिलेर दुई मुलुकहरुबीचको मित्रतालाई बढाउने कुरा बताउनुभयो।
|