
चिनियाँ राष्ट्रिय पर्यटन व्यूरोअन्तर्गत् पर्यटन उद्योगको सम्बर्धन र अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयका प्रमुख चु शान जुङ्गले आज उन्नाईस तारिखका दिन शाङ्ग हाइ नगरको सन् 2008 चीनको अन्तर्राष्ट्रिय पर्यटन मेलामा आयोजित पत्रकार-सम्मेलनमा बोल्दै यस वर्षको अघिल्ला नौ महिनामा चीनबाट बाहिर गएकाहरुको संख्या पटक पटक गरी तीन करोड चालीस लाखभन्दा बढी रहेको छ र त्यसले आफ्नो इतिहासमा नयाँ रेकर्ड सिर्जना गरिसकेको छ भनेर बताउनुभएको छ।
विश्वको पर्यटन संगठनको अनुमानअनुसार सन् 2015सम्म चीन पर्यटक भित्र्याउने विश्वको पहिलो ठूलो देश र पर्यटनका लागि बहिर्गमन गर्ने संख्याको दृष्टिबाट चौथौं मुलक बन्नेछ।
त्यस अवसरमा उहाँले विश्वव्यापी मौद्रिक संकटले चीनमा पनि केही प्रभाव पारेको छ। चिनियाँ राष्ट्रिय पर्यटन व्यूरोले विश्वका विभिन्न मुलुकहरुसितको सहयोगमा संयुक्त रुपमा कठिनाइ परास्त गर्ने मनसाय लिंदै आएको कुरा बताउनुभएको छ।
|