चीन-पेरु स्वतन्त्र व्यापार क्षेत्रको सम्झौता-वार्ता सफलताका साथ सम्पन्न भयो। दुई मुलुकले आपसी बजार खुला गर्नुका साथै आपसी अभावको आपूर्ति गर्नका लागि यसबाट सहयोगी हुनेछ। चीन-पेरु स्वतन्त्र व्यापार क्षेत्रको सम्झौता आगामी वर्षको उत्तरार्ध व्यवहारमा उतारिने सम्भावना छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले आज पेइचिंगमा उक्त कुरा बताउनुभएको हो।
त्यसबाहेक चीन र पेरुले लगानी, समुद्र भंसारको कार्यक्रम, व्यापार सुविधालगायत् क्षेत्रमा पनि मतैक्य प्राप्त गरेका छन्।
|