चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै एशिया-प्रशान्त सहयोग संगठन अर्थात् एपेकका सार्वभौम सदस्यहरुले एक मात्र चीनको सिद्धान्तको आधारसम्बन्धी नियम र परम्परागत निर्णयका अनुसार चीनको थाइ पै सम्मेलनमा सहभागी हुनेसम्बन्धी समस्याको समाधान गर्ने कुरा बताउनुभएको छ।
श्री छिनले पत्रकारबाट सोधिएको सम्बन्धित प्रश्नको जवाफमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीनको थाइ पै एपेक सम्मेलनमा सहभागी हुने सम्बन्धमा एपेकका सार्वभौम सबै सदस्यहरुले एक मात्र चीनको सिद्धान्तलाई मान्यता दिएका छन्। उहाँको भनाइअनुसार दुई किनारबीचको परिस्थितिमा कुनै किसिमको परिवर्तन भए पनि विश्वमा एक मात्र चीन रहेको कुरा ऐतिहासिक, तथ्य र अपरिवर्तनीय हुनेछ।
थाहा भएअनुसार सन् 1991 नोभेम्बरदेखि चीनको सार्वभौम हैसियतमा रहेका थाइ पै र हङ्गकङ्ग क्षेत्रीय आर्थिक समुदायको नाउँमा औपचारिक रुपमा एपेकमा सहभागी भएका छन्। अहिले एपेकमा जम्मा गरी एकाईस सदस्यहरु छन्।
|