
चीन अन्तर्राष्ट्रिय पर्यटन मेला 2008 आज शाङ्गहाइमा शुरु भएको छ। उक्त मेलामा भाग लिएका मुलुक तथा क्षेत्रको कूल संख्या एक सय छ पुगेको र यस मेलाको इतिहासमा यो सबभन्दा बढी मुलुकले भाग लिएको मेला हो।

उक्त मेलामा तीन सय वटा प्रदर्शन काउन्टर राखिएका छन् र लगभग एक हजार तीन सय जना विदेशी व्यापारीलाई आकर्षित गरिएको छ। उक्त मेलाको अवधिमा सम्बन्धित वार्ता-सम्झौता गर्नुका साथै "चीनको तिब्बत रात" तथा "थाइवान जल डमरुका दुइ किनारा पर्यटन रात" भन्ने कार्यक्रम पनि आयोजना हुने भएको छ।
सन् 1998देखि शुरु भएको चीन अन्तर्राष्ट्रिय पर्यटन मेला एशियामा यसै क्षेत्रमा सबभन्दा ठूलो परिधिको, सबभन्दा पेशागत अन्तर्राष्ट्रिय पर्यटन मेला हो।
|