
चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो लिमामा पेरुका राष्ट्रपति आलान गारसियासँग भेट-वार्ता गर्नुभयो। दुवै पक्षले विभिन्न क्षेत्रमा विद्यमान व्यावहारिक सहयोगको विकासबारे महत्वपूर्ण मतैक्य हासिल गर्नुका साथै दुई मुलुकबीचको स्वतन्त्र व्यापारिक सम्झौतासम्बन्धी वार्ता सफलताका साथ सम्पन्न भएको र दुई मुलुकबीचको रणनीतिक साझेदारी सम्बन्धको औपचारिक रुपमा स्थापना भएको कुरा संयुक्त रुपमा घोषणा गरेका छन्।
चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चीन र पेरुबीचको रणनैतिक साझेदारी सम्बन्धको स्थापना तथा विकास भएको कुराले दुई मुलुकबीचको सम्बन्धले चौतर्फी रुपमा तीब्र विकास भएको नयाँ अवधिमा प्रवेश गरेको कुरा प्रतिबिम्बित गरेको छ भन्दै दुवै पक्षले उचित् आधार र सहयोगमा नयाँ प्रगति हासिल गर्नुपर्ने कुरा बताउनुभयो।

प्रत्युत्तरमा श्री गारसियाले चीन पेरुको विश्वासिलो साथी हो भन्ने कुरा व्यक्त गर्नुभयो।
सो भेट-वार्तापछि चीन र पेरु दुई पक्षले दुई मुलुकबीच आर्थिक तथा प्राविधिक, स्वास्थ्य, भन्सार, गरिबी निवारण तथा बैंकिंङलगायत् विषय सम्बन्धी एघार सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गरेका छन्।
|