चीनको गहुँ तथा चामल पहिलो व्यापार केन्द्र भवन उ हान राष्ट्रिय गहुँ तथा चामल व्यापार केन्द्र भवनको शिलान्यास समारोह आज आयोजना भएको छ।
प्राप्त जानकारीअनुसार, याङ सि नदीको सुनौलो भागको छेउमा निर्माण गरिने उक्त व्यापार केन्द्रको कूल क्षेत्रफल एक सय तीस हेक्टर जति छ र लगाइने कूल लगानी तीन अर्ब सत्तरी करोड नब्बे लाख चिनियाँ युआन रहेको छ। उक्त निर्माण आगामी पाँच वर्षमा पूरा गरिने योजना छ। निर्माण पूरा भएपछि उक्त केन्द्रमा प्रतिवर्ष एक करोड टन बराबर गहुँ तथा चामलको व्यापार गरिने अनुमान गरिएको छ।
|