china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र पेरु दुई मुलुकका राष्ट्रानायकहरुव्दारा आर्थिक-व्यापारिक सहयोगलाई अघि सारी संयुक्त रुपमा उज्वल भविष्यको सिर्जना गरिएको
    (GMT+08:00) 2008-11-21 19:09:55    
            चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र पेरुका राष्ट्रपति अलान गार्सियाले हिजो बीस तारिखका दिन संयुक्त रुपमा चीन र पेरुका उद्योगीहरुद्वारा आयोजना गरिएको विहानको भोजमा उपस्थित हुनुभएको थियो। त्यस अवसरमा उहाँहरुले संयुक्त रुपमा सक्दो प्रयास गरी दुवै पक्ष बीचको रणनैतिक साझेदारी सम्बन्धको विकासलाई अघि सारेर दुवै पक्ष बीचको आर्थिक-व्यापारिक सहयोगलाई सबल पार्नुपर्ने कुरा एकमतोसाथ व्यक्त गर्नुभएको छ।

             त्यस अवसरमा चीन र पेरुका सत्तरीभन्दा बढी प्रतिष्ठित उद्योग-व्यवसायहरुका प्रतिनिधिहरुले उक्त कार्यक्रममा सहभागी भएका थिए। त्यसैगरी चीनका राष्ट्राध्यक्ष हुले " पारस्परिक हित र सहयोगलाई सबल पारी संयुक्त रुपमा उज्वल भविष्यको सिर्जना गरौ‍ "भनेर सम्बोधन गर्नुभयो। उहाँले भन्नुभयो कि चीन सरकारले पेरुसितको मैत्रीपूर्ण सहयोगमाथि निकै ठूलो नजर पुर्‍याउँदै आएको छ। यस पटकको पेरुको भ्रमण गर्ने मेरो उद्देष्य चाहिं राष्ट्रपति गार्सिया र पेरुका अन्य नेतागणसित दुवै पक्ष बीचको सम्बन्धको विकास गर्नका लागि खुलस्त र गहिरो रुपमा मत-सुझावको आदान-प्रदान गरी मित्रतालाई गहिर्‍याई पारस्परिक विश्वासलाई बढाएर सहयोगको विस्तार गरी संयुक्त रुपमा यी दुई मुलुक बीचको सम्बन्धको नयाँ अवस्थाको सिर्जना गर्नु नै हो।

             त्यस अवसरमा चीनका राष्ट्राध्यक्ष हुले आफ्नो सम्बोधनमा चीन र पेरुका बीचमा दौत्य सम्बन्ध स्थापना गरिएदेखि आर्थिक-व्यापारिक क्षेत्रमा प्राप्त गरिएका नतीजाहरुको सिंहावलोकन गर्नुका साथै पैरुसित संगसंगै मिलेर व्दिपक्षीय व्यापारिक परिमाणको विस्तार गर्न, व्यापारिक बनौटलाई श्रेष्ठ पार्न, प्रगतिशिल ढाँचाव्दारा व्यापारिक संतुलनलाई व्यवहारमा उतार्न र दुवै पक्ष बीचको व्यापारलाई अझै राम्रो र अझै छिटो रुपमा बढाउन चीन इच्छुक छ भनेर बताउनुभएको थियो। उहाँको भनाइ अनुसार यी दुवै पक्षले समन्वय र सहयोगलाई सबल पार्नुपर्छ।

              त्यस अवसरमा आफ्नो सम्बोधनको अन्तमा श्री हुले दुवै मुलुकको उद्योग-व्यवसाय क्षेत्रका साथीहरुले हातमा हात मिलाएर सुनौला मौकालाई समातेर पारस्परिक हितयुक्त सहयोगलाई गहिरो पारी संयुक्त रुपमा चीन र पेरु बीचको सम्बन्धको झन् उज्वल भविष्यको सिर्जना गर्न मेरो दिलैदेखिएको अभिलाषा छ भनेर बताउनुभएको थियो।

             त्यस्तै पेरुका राष्ट्रपति गार्सियाले आफ्नो सम्बोधनमा वर्तमान अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्नेतर्फ चीनले दिंदै आएको योगदानको उच्च मूल्याकन गर्नुका साथै पेरु चीनको रणनैतिक साझेदारी बनेकोमा निकै गौरव लागेको कुरा व्यक्त गर्नुभएको थियो। उहाँको भनाइ अनुसार चीनका झन् बढी उद्योग-व्यवसायहरु पेरुमा आई लगानी लगाउने छन् भन्ने कुरामा पेरु आशावादी छ र चीनसित दीर्घकालसम्मको रणनैतिक सहयोगको सम्बन्धलाई अघि सार्न पेरु इच्छुक छ। त्यसका साथै पेरुले आफ्नो मुलुकमा लगानी लगाउन आउन लागेका चिनियाँ उद्योग-व्यवसायहरुका लागि राम्रा राम्रा वातावरणको प्रदान गर्ने भएको छ।

             त्यस अवसरमा उपस्थित भएका प्रतिनिधिहरुले बोल्दै चीन र पेरु बीचको सम्बन्ध द्रुतगतिले बढ्दै आएको कुराले दुवै पक्ष बीचको सहयोगलाई सुनौला मौका प्रदान गरेको छ र चीन-पेरु बीचको सम्बन्धको विकासको भविष्य फराकिलो छ भनेर बताएका थिए। त्यसैगरी उनीहरुको आशा के छ भने दुई मुलुल बीचको स्वतन्त्र व्यापारिक सम्झौता सम्पन्न भएको शिलशिलामा दुई मुलुक बीचको व्यापारिक सम्बन्ध झन् झन् घनिष्ट हुँदै जाने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040