china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र ल्याटिन अमेरिका बीचको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धको निर्माणबारे हु चिन थाउद्वारा व्यक्त विचार
    (GMT+08:00) 2008-11-21 19:16:49    
           चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो पेरुको कांग्रेसमा "नयाँ युगमा चीन र ल्याटिन अमेरिका बीचको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धको संयुक्त रुपमा निर्माण गरौं" शिर्षकको महत्वपूर्ण भाषण दिनुभयो। आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष हु चिन थाउले चीन र ल्याटिन अमेरिका बीचको सम्बन्धको विकासको उच्च मूल्यांकन गर्नुका साथै ल्याटिन अमेरिकी मुलुकहरुसँगै मिलेर द्वीपक्षीय सम्बन्धको विकासलाई अघि बढाउने इच्छा चीनले लिएको कुरा वताउनुभयो। अव यस सम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।  

              स्थानीय समय अनुसार बीस तारिख मध्यान्ह पेरुको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउले पेरुको कांग्रेस पुगी चीन र ल्याटिन अमेरिका बीचको सम्बन्धबारे महत्वपूर्ण सम्बोधन गर्नुभयो।

             आफ्नो सम्बोधनमा श्री हु चिन थाउले भन्नुभयो, चीनले ल्याटिन अमेरिका तथा क्यारबीन क्षेत्रको विकासलाई उच्च-ध्याना दिएको छ। सन् 2004 मा उहाँले ल्याटिन अमेरिकाको भ्रमण गर्दा चीन र ल्याटिन अमेरिका एक-अर्काका लागि विश्वासिलो सर्वतोमुखी मित्र तथा आपसी हितयुक्त तथा साझा विजय हुने सहयोगात्मक साझेदार हुने आशा चीनले लिएको थियो। वितेका चार वर्षदेखि चीन र ल्याटिन अमेरिका बीचको सम्बन्ध पहिले नभएको उंचाईमा पुगेको छ। चीन र ल्याटिन अमेरिका साँचि नै राम्रो साथी तथा असल साझेदार बनेका छन्। उहाँले भन्नुभयो,  

            विश्वको सबैभन्दा ठूलो विकासशील मुलुकको रुपमा रहेको चीन र विश्वको सबैभन्दा महत्वपुर्ण विकासशील क्षेत्रको रुपमा रहेको ल्याटिन अमेरिका तथा क्यारबीन क्षेत्र बीचको अरु घनिष्ट रुपमा एकबद्ध भएर अरु उच्च तह, अरु फराकिलो क्षेत्र तथा अरु उच्च स्तरको सहयोग हुनु युगको विकासको माँग मात्र नभई तिनीहरुको विकासको मांग पनि हो। यहाँ मैले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट ल्याटिन अमेरिका तथा ग्यारबिन मुलुकहरुसँगै मिलेर आपसी समानता तथा हितयुक्त, संयुक्त विकास हुने चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धको निर्माण गर्न प्रयास गर्ने इच्छा चीनले लिएको वचनवद्धता दिएको छु।

             श्री हु चिन थाउका अनुसार, चीन र ल्याटिन अमेरिका बीचको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धको निर्माणका लागि संयुक्त विकास भन्ने मुख्य विषयलाई प्राथम स्थानमा राख्नुपर्छ। ल्याटिन अमेरिकी मुलुकहरुसँग विद्यमान विभिन्न क्षेत्रमा रहेको व्यावहारिक सहयोगलाई बढाउन चीन इच्छुक रहेको छ। त्यसका अतिरिक्त, आपसी समानता तथा हितयुक्त भन्ने आधारभूत सिद्धान्तलाई डटिरहनुपर्छ। ल्याटिन अमेरिकी मुलुकहरुका जनताले स्वतन्त्र रुपमा विकासको बाटो छनौट गर्ने अधिकारको चीनले सम्मान गरेको छ। यसबाहेक, निरन्तर रुपमा आविस्कार गर्नुपर्ने तथा व्यापक र चौतर्फी सहयोग गर्नुपर्नेछ। ल्याटिन अमेरिकी मुलुकहरुसँगै मिलेर सहयोगका क्षेत्रलाई विस्तार गर्न चीन इच्छुक रहेको छ।

             श्री हु चिन थाउका अनुसार, चीनले मुख्य गरी निम्न पाँच पक्षमा ल्याटिन अमेरिकी मुलुकहरुसँगै मिलेर संयुक्त प्रयास गर्ने इच्छा लिएको छ। एक, राजनीतिक सम्बन्धलाई निरन्तर रुपमा घनिष्ठ पार्ने, उच्च तह बीचका आदान-प्रदान तथा सम्पर्कलाई कायम राख्ने, आपसी राजनीतिक विश्वासलाई निरन्तर रुपमा अघि बढाउनेछ। दुइ, आर्थिक तथा व्यापारिक हित तथा सहयोगलाई अरु गहन पार्नेछ। तीन, मौसम परिवर्तन, अन्नबालीको सुरक्षा, उर्जा श्रोतको सुरक्षा, बैंकिंग सुरक्षा लगायत विश्वव्यापि विषयहरुमा आपसी आदान-प्रदानलाई सबल पार्ने, आपसी अडानलाई समन्वय गर्ने तथा साझा हितको संरक्षण गर्नेछ। चार, सामाजिक कार्यको विकासलाई अघि बढाउने तथा जनताको जीवन स्तरलाई माथि उकास्ने क्षेत्रमा एक-अर्कालाई बुझ्नेछ। गरिबी निवारण, शिक्षा, सामाजिक प्रत्याभूति लगायत ठोस क्षेत्रमा व्यावहारिक सहयोग गर्नेछ। पाँच, मानवीय वार्ता तथा आदान-प्रदानलाई प्रबल पार्नेछ।

            चीन र ल्याटिन अमेरिका बीचको आर्थिक तथा व्यापारिक सहयोगबारे चर्चा गर्दै राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयो,  

            व्यापारिक बनौटलाई उनान्तिशील पारी व्यापारिक पैमाना तथा व्यापारिक सम्बन्धको सन्तुलित विकासलाई अघि बढाउनेछ। आपसी लगानीलाई बढाउन प्रयास गर्नेछ। मुख्य गरी उत्पादन उद्योग, आधारभूत प्रबन्धको निर्माण, खानिज पदार्थ, कृषि, उच्च तथा नयाँ बिज्ञान तथा शिक्षा उद्योग लगायत क्षेत्रमा विद्यमान लगानीको सहयोगलाई सबल पार्नेछ।

            सम्बोधनको अन्तमा श्री हु चिन थाउले चीन र ल्याटिन अमेरिका बीचको सहयोगको भविश्यको उच्च मूल्यांकन गर्नुभयो।

            चीन र ल्याटिन अमेरिकाको भविश्य उज्यालो हुनेछ। चीन र ल्याटिन अमेरिका बीचको मैत्रीपूर्ण सहयोगका लागि धेरै कुरा गर्नसकिन्छ। चीन र ल्याटिन अमेरिकाले हातमा हात मिलाएर द्वीपक्षीय सम्बन्धको अरु उज्यालो भविश्यको संयुक्त रुपमा सिर्जना गर्न तथा मानव जातिको शान्ति र विकास सम्बन्धी महान कार्यलाई संयुक्त रुपमा अघि बढाउन मैले हार्दिक आशा लिएको छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040