 चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो पेरुको कांग्रेसमा "नयाँ युगमा चीन र ल्याटिन अमेरिका बीचको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धको संयुक्त रुपमा निर्माण गरौं" शिर्षकको महत्वपूर्ण भाषण दिनुभयो। आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष हु चिन थाउले चीन र ल्याटिन अमेरिकी मुलुकहरु बीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको विकासबारे चौतर्फी रुपमा प्रकाश पार्नुभयो।
श्री हु चिन थाउका अनुसार, विश्वको सबैभन्दा ठूलो विकासशील मुलुकको रुपमा रहेको चीन र विश्वको सबैभन्दा महत्वपुर्ण विकासशील क्षेत्रको रुपमा रहेको ल्याटिन अमेरिका तथा क्यारबीन क्षेत्र बीचको अरु घनिष्ट रुपमा एकबद्ध भएर अरु उच्च तह, अरु फराकिलो क्षेत्र तथा अरु उच्च स्तरको सहयोग हुनु युगको विकासको माँग मात्र नभई तिनीहरुको विकासको मांग पनि हो।
प्रत्युत्तरमा पेरु कांग्रेसका अध्यक्ष जाभिएर भिलासक्विचले दुवै पक्षले हातमा हात मिलाएर दुइ मुलुक बीचको रणनीतिक साझेदारी सम्बन्धको विकासलाई अघि बढाउने आशा पेरुले लिएको कुरा वताउनुभयो।
|