यस वर्षको जनवरीदेखि अक्टोबरसम्म चीनको तिब्बतको अर्थतन्त्रमा भएको आमदानी दुई अर्ब चार करोड चिनियाँ युआन पुगी मोटामोटी रुपमा पूर्व योजना अनुसार एक सय पच्चीस प्रतिशत पुगेको छ र सोही अवधिको तुलनामा दश दशमलव पचपन्न प्रतिशत बढेको हो।
चीनको तिब्बत स्वायत्त प्रदेशमा हालै आयोजित सन् 2008को वार्षिक अर्थतन्त्र, लेखापालको अन्तीम हिसाब सर्वजनिक सम्मेलनमा जनाइए अनुसार यस वर्षको मइ महिनादेखि यता ल्हासाको अर्थतन्त्र र समाजको अनुशासन क्रमशः सामान्य हुँदै गएको छ। त्यसैगरी तिब्बतको अर्थतन्त्रमा पनि स्तर स्थिर रुपमा वृद्धि भई रहेको छ।
यस वर्षको मार्चमा तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा हुल-दंगाको घटना भएको थियो। त्यसले तत्स्थानका बासिन्दाहरुका ज्यान र सम्पत्तिमाथि ठूलो नोक्सानी भई स्थानीय क्षेत्रका सामाजिक अनुशासनमाथि ठूलो खतरा पुर्याएको थियो। उक्त घटनापछि तिब्बत स्वायत्त प्रदेशले तुरुन्तै स्थिति साम्यपारेर ऐन-कानूनका अनुसार हिंसात्मक गतिविधिमा संलग्नहरुमाथि कार्वाही गरेको थियो।
|