चीनका स्वास्थ्य उप मन्त्री छङ स्याउ हुँले हालै स्वास्थ्य मन्त्रालयले "स्वस्थ चीन 2020" रणनैतिक योजनाको अध्ययन तथा तर्जुमा गरिरहेको जानकारी दिनुभयो। उहाँले चीनको पूर्वी भागमा पर्ने हाङ चौ शहरमा आयोजित चीन अन्तर्राष्ट्रिय स्वस्थ शहरका मेयर मञ्चमा उक्त कुरा भन्नुभएको हो।
थाहा भए अनुसार, सर्वसाधारणको स्वास्थ्यलाई उकास्ने लक्ष्य तोकिने उक्त योजनामा मुख्यतया शहरिया तथा ग्रामीण क्षेत्रका चिनियाँहरुको स्वास्थ्यलाई असर गर्ने मुख्य समस्याको सामाधान गरी मुख्यतया सरकारले नेतृत्व गरी सम्पूर्ण समाजको सहभागीतामा नागरिकहरुको स्वास्थ्य सम्बन्धी महत्वपूर्ण तथा दीर्घकालीन प्रभाव पार्ने स्वास्थ्य सम्बन्धी विषयलाई प्रभावकारी समन्वयन गर्ने कुरा उल्लेख गरिने छ।
उप मन्त्री छङका अनुसार, उक्त योजनावमोजिम, सन् 2020सम्म चीनमा शहर तथा ग्रामीण क्षेत्रका बान्सिदालाई ढाकिने परिपूर्ण आधारभूत स्वास्थ्य तथा उपचार अवस्थाको स्थापना गरी हरेक नागरिकले आधारभूत चिकित्सा तथा स्वास्थ्य सम्बन्धी सेवा पाउने लक्ष्यलाई साकार तुल्याइने छ।
|