
एशिया तथा प्रशान्त महासागर क्षेत्रको आर्थिक सहयोग संगठन एपेकका नेतागणबीचको सौह्रौं अनौपचारिक सम्मेलन हिजो शुरु भयो। हिजोको पहिलो चरणको बैंठकलाई चीनका राष्ट्राध्यक्ष हु चिन थाउले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सो अवसरमा श्री हु चिन थाउले विश्वको आर्थिक बृद्धिसामु अन्तर्राष्ट्रिय बैंकिङ संकटको चुनौति गम्भीर रुपमा देखा परेको छ भन्दै विभिन्न मुलुकले सो संकट अझ फैलन नदिन सारा विश्वको बैंकिङ बजारलाई स्थिर पारेर आर्थिक बृद्धिको प्रवर्द्धन गर्न तुरुन्तै सक्रियताका साथ कदम चाल्नुपर्ने कुरा बताउनुभएको छ। अन्तर्राष्ट्रिय समाजसँग अन्तर्राष्ट्रिय बैंकिङ बजारको स्थिरताको सँयुक्त रुपमा संरक्षण गर्न र एपेकका सदस्यसँग बैंकिङ क्षेत्रको आदान-प्रदान र सम्बन्धित क्षमताको निर्माणलाई अझ सबल पार्न चीन इच्छुक रहेको कुरा पनि श्री हु चिन थाउले औंल्याउनुभएको छ।
हाल अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक विकासमा देखापरेको समस्याको समाधानका लागि श्री हु चिन थाउले पाँचवटा सुझाव प्रस्तुत गर्नुभएको छ।
|