
चीनका प्रधानमन्त्री वन च्या पाउले हाल चीनको च च्यांग प्रान्त र शांगहाई शहरको निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँले सारा विश्वमा देखापरेको वर्तमान बैंकिङ संकटको समाधान गर्ने एउटा सशक्त हतियार दृढ विश्वास हो भन्दै विभिन्न व्यवसायले आत्म-विश्वास गरी चुनौतिको सामना गर्नुपर्ने कुरा बताउनुभएको छ।

अस्तिदेखि आजसम्म श्री वन च्या पाउले सम्बन्धित गोष्ठीको अध्यक्षता गरी विभिन्न व्यवसायका जिम्मेवार व्यक्ति , कर्मचारी तथा सर्वसाधारणको मत र सुझावबारे जानकारी लिनुभएको छ। यसका साथै उहाँले गैर-सरकारी व्यवसाय र ठूला व्यवसायको विकासबारे व्यापक र गहन रुपमा निरीक्षण र जाँचबुझ गर्नुभएको छ। गैर-सरकारी व्यवसायलाई समर्थन दिने उद्देश्यले सार्वजनिक गरिएको नीतिलाई यथाशिघ्र व्यवहारमा उतार्नुपर्ने छ भन्दै श्री वन च्या पाउले राष्ट्रिय आर्थिक तथा सामाजिक विकासमा ठूला व्यवसायले आत्म-सिर्जना क्षमतालाई अझ बढाउनुपर्ने कुरमा जोड दिनुभएको छ।
|