china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह सम्बन्धी विषयको पहिलो भाग
    (GMT+08:00) 2008-11-25 16:03:52    

    रविजीः- ध्रुवजी, अगिल्लो कार्यक्रममा ओलम्पिकको तयारीका लागि चीनमा गरिएका प्रयासहरुका विषयमा तपाईंले हामीलाई जानकारी दिनुभएको थियो । आज चाहिँ ओलम्पिकको उद्घाटन समारोहका बारेमा तपाईंले डायरीका लेख्नुभएका केही कुरा सुनाउनुहुन्छ कि?

    ध्रुवः अवश्य रविजी । उनन्तीसौं ओलम्पिक खेल यसै वर्षको अगष्ट 8 तारिख शुक्रबार मध्यरातमा चीनको राजधानी पैचिङमा सुरु भएको थियो । खेल सुरु हुनुअघिको साढे तीन घन्टाको अवधिमा हजारौं कलाकारका विश्वासै गर्न नसकिने कलात्मक र पत्याउनै नसकिने खालका असंख्य प्राविधिक चमत्कारको प्रदर्शनीसहितको प्रस्तुति हेर्न पाइएको थियो । त्यसको लगत्तै 2 सय 4 मुलुक तथा क्षेत्रका खेलाडी तथा खेलपदाधिकारीले रंगशालाको मैदानमा मार्चपास गरेका थिए । उद्घाटन समारोह हेरेर फर्कने सबैको मुखमा ओहो कस्तो अद्भुत, विश्वासै गर्न नसकिने भन्ने जस्ता प्रतिक्रिया झुन्डिएको थियो । बर्डनेस्टका नामले प्रख्यात चीनको राष्ट्रिय रं‌गशालामा प्रत्यक्षरुपमा उद्घटन समारोह हेर्ने झन्डै एक लाख दर्शकले मात्र होइन, टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरेका विश्वका करोडौ मानिसहरुको प्रतिक्रिया पनि यस्तै थियो । चीनमा ओलम्पिकको उद्घाटन यति भव्य तरिकाले आयोजित गरियो कि चीनप्रति आलोचनात्मक दृष्टिकोण राख्नेहरूले पनि त्यसपछि चीन र चिनियाँ जनताको मुक्तकण्ठाले प्रशंसा गरेको मैले पाएँ ।

    चीनले पहिलोपल्ट आयोजना गरेको सय वर्ष पुरानो विश्व खेल सात वर्षको अनवर प्रयासको तयारीपछि भव्यतम राष्ट्रिय रंगशालामा पैचिङ समयअनुसार राति साढे ११ बजे चीनका राष्ट्राध्यक्ष हु चीन थाओले उद्घाटन गर्नुभएको थियो । आठ बजेर आठ मिनेटमा सुरु भएको समारोहलाई आखिरीतिर सम्बोधन गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष जाकेस रोग्गेले लामो समयदेखिको सपना पूरा गरेकोमा 'पैचिङलाई बधाई छ' भन्नुभयो । उहाँको यो वाक्य सकिन नपाउँदै झन्डै एक लाख जनाले खचाखच भरिएको रंगशाला तालीले गुञ्जयमान भएको थियो ।

    'एकै संसार एकै सपना'को नारा अंकित विश्व भाइचारा प्रदर्शित गर्ने तथा चार वर्षमा एक पटक आउने खेलको महाकुम्भलाई चीनका राष्ट्रपति हु चीन थाओले परम्परागत संस्कृति र उच्चतम प्राविधिक विकासको संगम बनाउने भनेर केही समयअगाडि नै घोषणा गर्नुभएको थियो । उहाँको उक्त घोषणा उद्घाटन समारोहमा सावित भयो भन्ने मलाई लाग्छ । उद्धाटन समारोह भएको बेलामा पैचिङको मौसम अलि गर्मी नै थियो । यस्तो गर्मी मौसम र खचाखच भीडका कारण दर्शकहरुले हाते पंखा फन्काउँदै बस्नुपरेको दृश्य देखिन्थ्यो । तर पनि दर्शकहरूले एकपछि अर्को गर्दै आएका प्रस्तुतिका कारण आँखा झिम्क्याउनै चाहेनन् । परम्परागत चिनियाँ संस्कृति, सम्पदा र कलासहित उच्चतम प्रविधि, ज्ञान र विज्ञानको अनुपम प्रयोगसाथ गरिएका प्रस्तुतिहरूका कारण विश्वका शीर्ष नेता, खेलाडी, खेलपदाधिकारी तथा दर्शकहरूले हरक्षण ताली बजाइरहेका थिए ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040