
चीनका राष्ट्राध्यक्ष हु चिंग थाउले हिजो एथेन्समा ग्रीसका राष्ट्रपति पापौलिआससित वार्ता गर्नुभयो । वार्ताको अवसरमा दुवै पक्षले चीन र ग्रीस बीचको सर्वतोमुखी रणनैतिक र साझेदारी सम्बन्धलाई निरन्तर रुपमा अझ उच्च स्तरमा पुर्याउने र दुइ मुलुकका जनतालाई हितकल्याण पुर्याउने कुरा व्यक्त गरेका छन् ।

हु चिंग थाउका अनुसार चीन र ग्रीसका बीच दौत्य सम्बन्ध कायम भएको छत्तिस वर्षदेखि यता व्दिपक्षीय सम्बन्धको राम्रो विकास प्रवृत्ति कायम हुँदै आएको छ । ग्रीस सरकार र जनताले पैचिंग ओलिम्पिक खेलकुद र पैचिंग प्यारालम्पिक खेलकुदको सकारात्मक समर्थन गरेका छन् । यसका लागि चीन सरकार र जनताले आभार व्यक्त गर्दछ ।
उता राष्ट्रपति पापौलियासले दुवै पक्षले विभिन्न क्षेत्रको सहयोगलाई मजबूत पारी दुइ मुलुक बीचको रणनैतिक साझेदारी सम्बन्धको विकासलाई अघि बढाउने आशा व्यक्त गर्नुभयो । उहांका अनुसार ग्रीसले चीन र यूरोप बीचको सम्बन्धको विकासलाई निरन्तर प्रयास गर्नेछ ।
|