 पैचिङ्गको पश्चिमी भागमा रहेको श चिङ्ग शान नामक रमिता गर्ने पार्कको ढोकाको छेउमा एउटा सेवा गर्ने केन्द्र छ। यहाँका सबै स्वयम-सेवक विश्वविद्यालयका विद्यार्थीहरु हुनुहुन्छ। उहाँहरु 21 वर्षका हुनुहुन्छ। हरेक दिन विहान नौ बजेदेखि दिउँसो पांच बजेसम्म उहाँहरुले सेवा दिनुहुन्थ्यो। यसबाहेक उहाँहरुले हातबाट केही हांसिलो अनुहार खेलिएको कार्डको सिर्जना गर्नुभएपछि पर्यटकलाई पठाउनुहुन्थ्यो। उहाँहरुले भन्नुभयो—
पैचिङ्ग ओलम्पिक खेलकुदको आयोजना गर्न विश्वको ठूल-ठूला कुरा हो। स्वयम-सेवकहरुमध्येको एक हुनुभएकोले मलाई धेरै खुसी लाग्यो।
पैचिङ्ग ओलम्पिक खेलकुदका लागि सेवा गर्ने मौका हासिल गरेकोले मलाई धेरै गौरब लाग्यो।
धेरै थकाइ लागेतापनि मलाई गौरब लाग्यो।

स्वयम-सेवकहरु मध्ये विद्यार्थीबाहेक विभिन्न व्यवसायका मानिसहरु पनि छन्। चराको गुँडमा सेवा गर्ने एक जना विषेश स्वयम-सेवक हुनुहुन्छ। उहाँले सारा देशको उ शु खेलको भूतपूर्व-च्याम्पियन हुनुहुन्छ। उहाँको नाम उ मिङ्ग हो। उ मि चीनको प्रसिद्ध अभिनेता लि ल्ये चे चिनियाँ उ शु टोलीका भूतपूर्व सदस्य हुनुहुन्छ। सन् 1996 उ मिङ्गले एकलै जर्मनीमा जानुभयो र बलिनमा रहेको एउटा उ शु कल्बमा शिक्षिका हुनुभयो। जर्मनीको प्रतिनिधि मण्डलसँग पैचिङ्गमा पुगेपछि पैचिङ्ग ओलम्पिक खेलकुदमा उ शु प्रतियोगिताको हेर्नबाहेक उहाँले आफ्नो मातृ भूमिका लागि केही योग्दान दिने आशा लिनुभएको थियो। त्यसैले आफ्नो श्रीमानसँगसँग चरा गुँडमा विदेशीहरुका लागि अनुबाद गर्ने स्वयम-सेवक हुनुभयो।
उ मिङ्गले उक्त ठहर लिनुभयो, स्वयम-सेवकको काम धेरै भारि भएतापनि पैचिङ्ग प्रबासीहरुले स्वयम-सेवकहरुलाई धेरै माया, ख्याल-विचार र सुविधा दिनुभयो। उहाँले भन्नुभयो—
धेरै पहिलेदेखि नै मैले विदेशमा जीवन विताउँदै आएको छु। त्यसैले स्वदेशमा फर्केपछि मेरो शरिर यहाँको मौसमसँगमिलेको छैन। हरेक विहान साढे चार बजे उठ्नुपर्छ। दुई दिनपछि म विरामी भएं। पहिले मैले अरुलाई सेवा गर्ने इच्छा गरेको थिएँ तर अहिले अरु मान्छेले मलाई सेवा दिनुहुन्छ। उहाँहरुले मलाई औषधी दिनुभयो र मलाई अस्पताल लैजानुभयो। म धेरै आभारी भएं।

युवा-युवतीबाहेक पैचिङ्गको सडकमा केही बृद्धा-बृद्धि स्वयम-सेवक हुनुहुन्छ। केही मानिसहरु धेरै भएको सडकमा उहाँहरुले सेवा दिनुहुन्थ्यो। कुनै मानिसहरुले केही ठाउँ जान नबुझ्ने छ भने उहाँहरुलाई सोध्नुहुन्थ्यो। 66 वर्षीय बृद्धि स्वयम-सेवक छाङ्ग च फुले भन्नुभयो—
म ओलम्पिकलाई धेरै माया गर्छु। बालक हुँदा मानिसलाई सहायता दिन मन् पर्छ। यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदबाट म स्वयम-सेवक हुँदा आफ्नो सपनाको व्यवहारमा उतार्न हासिल गरेँ।
सत्र दिने पैचिङ्ग ओलम्पिक खेलकुद सम्पन्न भयो। तर स्वयम-सेवकहरुले आफ्नो सुन्दर हाँसिलो अनुहारबाट चिनियाँ र विदेशी साथीहरुलाई पैचिङ्गको सबैभन्दा राम्रो परिचय दिनुभयो।
|