चीनका उप-प्रधान मन्त्री एवम् चीनको राज्य परिषद मातहत गरिबी निवारण तथा विकास सम्बन्धी टोलीका प्रमुख ह्वै ल्याङ युले आज पैचिंगमा बोल्दै गरिबी क्षेत्रको विकास गर्न राष्ट्रिय आर्थतन्त्रको विकास गर्ने सम्बन्धी कार्यमा महत्वपूर्ण स्थानमा राख्ने भन्दै चीनले गरिबी निवारण सम्बन्धी कार्यलाई अझ प्रभावकारी बनाउने कुरा बताउनुभयो।
श्री ह्वै ल्याङ युले केही वर्षदेखि यता चीनको गरिबी निवारण सम्बन्धी कार्यमा ठूलो सफलता प्राप्त गरिएको भएतापनि चीनको गरिब जनताहरुको संख्या पनि धेरै ठूलो रहेको भन्नुभयो।
|