
ग्रीसको राष्ट्रपति भवनमा ग्रीसका राष्ट्रपति कारोलोस पापौलियस र उहाँकी श्रीमतीले चीनका राष्ट्रध्यक्ष हु चिन थाउ र उहाँकी श्रीमती लिउ युङ्ग छिङ्गको हिजो हर्दिक विदाई गर्नुभएको छ।
चीन र ग्रीसले हातमा हात मिलाएर राजनैतिक तथा आर्थिक सम्बन्धको विकास गर्नुका साथै साँस्कृतिक आदान-प्रदानलाई सबल पारेर दुई मुलुकका जनताको मित्रतालाई गहन पार्नुका साथै चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको विकासलाई अघि बढाउनुपर्ने कुरा श्री हुले बताउनुभएको छ।

हिजै श्री हुले ग्रीसका प्रधानमन्त्री कास्टास कारामान्लिस र संसदका अध्यक्ष सिओफाससँग बेग्ला-बेग्लै रुपमा भेट-घाट गर्नुभएको छ।
श्री कारामान्लिससँग भेट गर्दै श्री हुले चीनले ग्रीससँग दुई मुलुकको सम्बन्ध अझ उच्च स्तरमा पुर्याउने इच्छा लिएको कुरा व्यक्त गर्नुभएको छ।
श्री कारामान्लिसका अनुसार, चीनमा उत्पादित सामान उक्त क्षेत्रमा प्रवेश गर्ने मञ्च हुने आशा ग्रीसले लिनुका साथै दुई मुलुकले अन्तर्राष्ट्रिय संगठनमा आपसी सहयोगलाई अझ घनिष्ट पारेर चुनौतिको सामना संयुक्त रुपमा गर्नुपर्छ।

श्री सिओफाससँग भेट-घाट गर्दै चीन र ग्रीसको मैत्रिपूर्ण तथा सहयोगात्मक सम्बन्धले दुई मुलुकका जनताका लागि व्यावहारिक फाइदा दिएको कुरा श्री हुनले बताउनुभएको छ।
श्री सिओफासका अनुसार, चीनले सफलताका साथ ओलम्पिक खेलकुदको आयोजना गरेकोले ग्रीसले शुभकामना दिनुका साथै ओलम्पिक ज्योति ग्रिसबाट चीनसम्म रिले गरेकोले गौरव लागेको छ। ग्रीस सँसदले चिनियाँ राष्ट्रिय जन काँग्रेससँग उच्चस्तरीय आदान-प्रदानलाई कायम राखेर दुई मुलुकको सम्बन्धको विकासका लागि योगदान दिने कुरा श्री सिओफासले व्यक्त गर्नुभएको छ।
|