china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुन्दर नदी, रमणीय दृश्य
    (GMT+08:00) 2008-11-27 20:25:31    

                     दक्षिण-पश्चिमी चीनको क्वांग सी चुआंग जातीय स्वायत्त प्रदेशमा एउटा सानो शहर छ। त्यहाँ विशेष भौगोलिक अवस्था, एउटा सुन्दर नदी र वरीपरिको प्राकृतिक वातावरण तथा खेतीपाती गरिएका भूमिको दृश्य आदिका साथै आफ्नै विशेषतायुक्त शहरी दृश्य पनि देखाइन्छ। त्यो शहर विश्वको प्रसिद्ध पर्यटकीय शहर क्वै लिन हो, त्यस सुन्दर नदीको लिन च्यांग नदी हो। 

                   आजको कार्यक्रम शुरु गर्नुअघि म दुइवटा प्रश्न सोध्दैछुः पहिलो प्रश्न, क्वै लिन शहरको प्रतिक के हो? र दोस्रो प्रश्न, लि च्यांग नदीको कूल लम्बाई कति किलोमिटर छ? यी प्रश्नको जवाफ आजको यस कार्यक्रममा समेटिएको छ, ध्यानपूर्वक सुन्नुहोला।

                    क्वांग सीको सबैभन्दा प्रसिद्ध पर्यटकीय शहर कुवै लिनको नाउँ त्यहाँका हरिया पहाड, सुन्दर नदी र अनौठो प्वालबाट चारैतिर फैलिएको छ। लि च्यांग नदीको छेउमा उभिएको हात्तीको सुँड पहाड क्वै लिन शहरको प्रतिक हो। टाढाबाट हेर्दा त्यहाँ एउटा हात्तीले आफ्नो लामो सुँडले नदीको पानी पिइरहेको जस्तो लाग्छ। हात्तीको सुँड पहाडको फेदीमा बसोबास गर्ने मा वै मिनले सो पहाडसम्बन्धी जनश्रुतिबारे जानकारी दिंदै भन्नुभयोः "जनश्रुतिअनुसार, आकाशका सम्राट केही हात्ती लिएर क्वै लिन पुगे। यहाँको निकै सुन्दर दृश्य देखेपछि उनलाई आकाश फर्कन मन लागेन। उनले ती हात्तीलाई आकाश फर्कने आदेश दिए। तर एउटा हात्तीले भने कदापि फर्कन मानेन। क्वै लिनको रमणीय दृश्य देखेर मोहित भएको त्यस हात्ती त्यहाँबाट अन्यत्र जाने पक्षमा थिएन। यो देखेर सम्राटलाई रिस उठ्यो। उनले खुकुरीले ती हात्तीको पिठ्यूँमा हानेर तीनलाई लिन च्यांग नदीको छेउमा रोके। यसरी ती हात्ती सदाका लागि क्वै लिनमा रहे।"

                     विश्वका धेरै ठाउँमा पर्यटन व्यवसायको विकासबाट वातावरणमा आघात पुर्‍याइएको देखिन्छ। तर क्वै लिन शहरमा हिंड्दा त्यहाँको वायु सधैं नै सफा भएको अनुभव हुन्छ भने लिन च्यांग नदीको पानी पनि सधैं नै सफा भएको भान तपाईंलाई हुन्छ। क्वै लिनले पर्यावरणीय वातावरणको संरक्षणलाई सबैभन्दा महत्वपूर्ण स्थानमा राख्ने आधारमा पर्यटन व्यवसायको विकास गरेको जानकारी दिंदै क्वै लिन शहरको पर्यटन ब्यूरोका अधिकारी छन युन छुनले भन्नुभयोः "वातावरणीय संरक्षण सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। वातावरणीय प्रभाव मूल्यांकनको नतिजा मागअनुकुल नभएका परियोजनालाई हामी कदापि स्वीकार गर्दैनौं। अब क्वै लिनको विकासमा धुलो र फोहर निकाल्ने काखानाको स्थापना गर्न नपाइने नियम तोकिएको छ। उच्च स्तरीय विज्ञान तथा प्रविधियुक्त उद्योग व्यवसायको मात्र विकास गर्नदिएका छौं हामीले।"

                   क्वै लिन शहरमा घुमेपछि पर्यटक सधैं यांग सो जिल्लामा घुम्ने गर्दछन। किनभने क्वै लिन शहरको तुलनामा यांग सो जिल्लाको दृश्य अझै सुन्दर छ। लि च्यांग नदीको मूहान क्वै लिन शहरको उत्तरमा पर्ने माउर पहाडमा छ। त्यसको कूल लम्बाइ चार सय किलोमिटरभन्दा बढी छ। क्वै लिन शहरदेखि यांग सो जिल्ला जाने त्रियासी किलोमिटर लामो बाटैमा पर्ने नदीको दुबै किनाराको दृश्य निकै सुन्दर छ। त्यहाँ जताततै अग्ला-अग्ला पहाड, हरिया बाँस, घना जंगल, फराकिला खेत-बारी तथा रमाइला गाउँ देखिन्छन। जर्मनीका पर्यटक हेर्मावा हाएर्थेले डुंगामा बसेर लिन च्यांगमा घुम्दै दुबै किनाराको सुन्दर दृश्यको ठूलो प्रशंसा गर्नुभएको छ। उहाँले भन्नुभयोः "लि च्यांगको भ्रमण गर्नुअघि मैले यसका थुप्रै फोटो देखेको थिएँ। तर यहाँको दृश्य प्रत्यक्षरुपमा हेर्दा ती फोटाहरु फिका लाग्छन। यहाँको दृश्य साँच्चिकै चित्रमा लेखिए जस्तो मलाई लाग्छ। मेरो जन्मथलोमा पनि यस्तो रमणीय दृश्य छ। यहाँ यति सानो ठाउँमा पनि यति आश्चर्यजनक रमणीय दृश्य देख्नपाइन्छ।"

                   हरेक बेलुकि यांग सो जिल्लामा बग्ने लि च्यांग नदी एउटा विशाल मञ्च बन्दछ। त्यहाँको दुइ किलोमिटर लामो नदीमा लीउ सान चेको अनुभव नामक नाचगान प्रदर्शन गरिन्छ। अँध्यारो साँझमा टाढा-टाढाबाट आएको मीठो लोक गीत सुन्दा-सुन्दै अकस्मात बत्ति बालिन्छ जसले लि च्यांग नदीको पल्लो किनारमा पर्ने पहाड दर्शकको आँखामा आउँछ। यो देखेका दर्शकहरु आश्चर्य मान्दै ताली बजाउँछन।

                    सोही अभिनयमा सहभागी जम्मा छ सयभन्दा बढी अभिनेता अभिनेत्रीमध्ये धेरैजसो व्यावसायिक अभिनेता र अभिनेत्री होइनन। बरु उनिहरु स्थानीय किसानहरु मात्र हुन। झण्डै सत्तरी मिनटको अभिनयमा तिनीहरुले लि च्यांग नदीको किनारमा बस्ने माझीहरुको सामान्य जीवन र स्थानीय अल्पसंख्यक जातिको रितीरिवाज प्रदर्शन गर्दछन। माछा मार्ने, खेतीपाती गर्ने, पशुपालन गर्ने र स्थानीय चुआंग जातिको लोक गीत गाउने अवस्थालाई वरिपरीका प्राकृतिक पहाड तथा पानीको दृश्यमा मिसाइन्छ।

                   यांग सो जिल्लाको एउटा प्राचीन सडकले पनि थुप्रै पर्यटकलाई भित्र्याइएको छ। यसको नाम सी चे हो। पाँच सयमिटरभन्दा अलि लामो सो सडकको इतिहास एक हजार चार सय वर्षभन्दा पनि लामो छ। ढुंगाबाट बनाइएको सडक र पुराना घरबाट चिनियाँ विशेषता झल्किन्छ।

                  कार्यक्रम टुंग्याउनुअघि आजका दुइवटा प्रश्न फेरि एक पटकः पहिलो प्रश्न, क्वै लिन शहरको प्रतीक के हो? र दोस्रो प्रश्न, लि च्यांग नदीको कुल लम्बाइ कति किलोमिटर छ? यसको उत्तर हामीलाई इ-मेल वा पत्रबाट पठाउनोस। हाम्रो ठेगाना होः Nepali service, CRI-6,China Radio Internationl,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। यस पटकको ज्ञानविज्ञान प्रतियोगितामा तपाईं सफल हुनुहोस, मेरो हार्दिक शुभकामना!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040