china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सेतो टाउको भएको बाँदरको जन्मथलो
    (GMT+08:00) 2008-11-27 20:26:26    

                  चीनको क्वांग सी चुआंग जातीय स्वायत्त प्रदेशको छुंग चो शहरको अग्ला पहाडमा लोप हुनलागेको एक किसिमको जनावर छ। त्यो जनावर सेतो टाउको भएको ए हौ नामक बाँदर हो।

                 यस किसिमको बाँदरबारे जानकारी दिनुअघि म तपाईंहरुलाई दुइवटा प्रश्न सोध्दैछुः पहिलो प्रश्न, चीनको क्वांग सी बाहेक विश्वका अन्य कुनै ठाउँमा पनि सेतो टाउको भएको ए हौ नामक बाँदर पाइन्छ कि? र दोस्रो प्रश्न, हाल विश्वमा सेतो टाउको भएको ए हौ नामक बाँदरको संख्या कति छ? यी दुइवटा प्रश्नको जवाफ तलको कार्यक्रम सुनेर थाहा पाउन सकिन्छ।

                   सेतो टाउको भएको ए हौ नामक बाँदरको टाउकोका केही रौं सेता हुन्छन। यसो हेर्दा त्यो एउटा सेतो टोपी लगाएको जस्तो देखिन्छ। तीनको घिच्रो र काँध पनि सेतो देखिन्छ। यसका अतिरिक्त, यस किसिमको बाँदरको एउटा लामो सेतो पुच्छर हुन्छ। यस धरतीमा यस किसिमको बाँदरको अस्तित्व पच्चीस लाख वर्षअघिदेखि रहिआएको छ। तिनताकाका अन्य धेरै किसिमका जनावरहरु लोप भैसकेका छन। हाल सेतो टाउको भएको ए हौ नामक बाँदरको संख्या सात सयभन्दा बढी छ। र यस किसिमको बाँदर चीनको क्वांग सी चुआंग जातीय स्वायत्त प्रदेशको छुंग चो शहरमा मात्रै देखिन्छ। सारा विश्वमा प्रसिद्ध पाण्डाको तुलनामा सेतो टाउको भएको ए हौ अझ अमूल्य छ।

                   छुंग चो शहरमा एउटा पर्यवरणीय उद्यान छ। त्यसको क्षेत्रफल चौबीस वर्गकिलोमिटर छ। त्यस उद्यानमा चार सयभन्दा बढी सेतो टाउको भएका ए हौ नामक बाँदर छन। यो विश्वमा यस किसिमको बाँदरको सबैभन्दा ठूलो समूह हो। यी बाँदर स्थानीय किसानहरुका राम्रा मित्र हुन। यसबारे जानकारी दिंदै एकजना किसान स्याउ वांगले भन्नुभयोः "सेतो टाउको भएको ए हौ नामक बाँदरको संख्या निकै कम छ। विश्वमा हामीकहाँ मात्र यी बाँदर देखिन्छन। यस किसिमको बाँदर ज्यादै अमूल्य हुन्छ। त्यसैले हामी सबै तिनलाई माया गर्छौं र तीनको संरक्षण गर्छौं।"

                    सेतो टाउको भएको ए हौ नामक बाँदरबारे अध्ययन तथा तिनको संरक्षण गर्नका लागि दश वर्षअघि छुंग चो पुग्नुभएका पैचिङ्ग विश्वविद्यालयका प्रोफेचर फान वन शले दिनुभएको जानकारीअनुसार, गत शताव्दीको नब्बेको दशकको शुरुमा छुंग चोमा बस्ने सेतो टाउको भएको ए हौ नामक बाँदरको संख्या दुइ हजारभन्दा बढी थियो। तर यस किसिमको जनावरको संख्या तिब्रताका साथ घट्दैगएको देखिन्छ। सन 1996 मा तिनको संख्या नब्बेभन्दा अलि बढी थियो। मानव जातिको गतिविधिबाट जंगली जनावरको बास स्थानमाथि अतिक्रमण हुनुका साथै अवैधानिक तत्वद्बारा शिकार आदि कारणले गर्दा सेतो टाउको भएको ए हौ नामक बाँदरको संख्या तिव्र गतिमा कम हुँदैगएको जानकारी दिंदै प्रोफेचर फान वन शले भन्नुभयोः "अवैधानिक शिकारको प्रवृत्तिलाई रोकिनुका साथै बास स्थान पुनः अनुकुल भएमा यस किसिमको जनावरको संख्या पुनः बढी हुनसक्छ। लोप हुनलागेको धेरै जसो जनावर आफै स्वस्थ हुन्छ। तिनको संख्या पुनः बढ्नसक्छ।"

                   सेतो टाउको भएको ए हौ नामक बाँदरको बास स्थानको पुनः निर्माणको उद्देश्यमुताविक छुंग चो शहरको स्थानीय सरकारले धेरै कदम चालेको छ। यसबारे जानकारी दिंदै छुंग चो शहरको पर्यटन ब्यूरोका कर्मचारी वै सिनले भन्नुभयोः "पर्यावरणीय वातावरणको संरक्षण गर्नका लागि हाम्रो स्थानीय सरकारको सहायतामा यहाँका हरेक परिवारमा एउटा मिथेन ग्याँस संचय गर्ने सानो तलाउको निर्माण गरिएको छ। यसका लागि आवश्यक पर्ने जम्मा दुइ हजार चिनियाँ युआनमध्ये स्थानीय सरकारले एक हजार चिनियाँ युआन अनुदान दिएको हो। यसका अतिरिक्त, सरकारले स्थानीय बासिन्दालाई सम्बन्धित प्राविधिक निर्देशन पनि दिएको छ। हाल अधिकांश स्थानीय सर्वसाधारण मिथेन ग्याँसले बत्ति बाल्ने र खाना पकाउने गर्दछन। किसानहरुले पर्यावरणीय वातावरणमा आघात नपुर्‍याउने सिद्धान्तमा खेतीपाती गरी आम्दानी गर्नेगरेका छन।"

                   पर्यावरणीय वातावरण राम्रो हुँदैगएको अवस्थामा त्यहाँ बस्ने सेतो टाउको भएको ए हौ नामक बाँदरको बास स्थानमा पनि क्रमशः विस्तार हुँदैगएको छ र तिनको संख्या पनि बढ्दैगएको छ। हाल सेतो टाउको भएको ए हौ नामक बाँदरको संख्या सात सयभन्दा बढी पुगेको छ। पर्यावरणीय वातावरणको संरक्षणबारे चर्चा गर्दै स्थानीय किसान चाउले भन्नुभयोः "हाल हामीले खाना पकाउनका लागि दाउराको प्रयोग गर्ने नगरेकाले पहाडका रुख काटिएका छैनन। हामीले पर्यावरणीय वातावरणको संरक्षण गर्नुपर्छ र सेतो टाउको भएको ए हौ नामक बाँदरका लागि एउटा राम्रो वातावरणको सिर्जना गर्नुपर्छ।"

                     सन 2002 मा छुंग चो पर्यावरणीय उद्यानको निर्माण भएपछि त्यहाँको पर्यावरणीय पर्यटन व्यवसाय पनि विकसित हुँदैआएको छ। यसबाट एकातिर स्थानीय किसानका लागि रोजगारीको अवसर सिर्जना गरी तिनीहरुको जीवनको अवस्थामा सुधार गरिएको छ भने अर्कातिर संरक्षण क्षेत्रको विस्तार गरी स्थानीय जन्तुको विविधतालाई बढाइएको छ। यसबारे जानकारी दिंदै प्रोफेचर फान वन शले भन्नुभयो "यहाँ पर्यावरणीय वातावरणको विकासबाट हामीले यस किसिमको जनावरको संरक्षण गर्नुका साथै स्थानीय सर्वसाधारणको जीवनमा पनि क्रमशः सुधार गर्दैआएका छौं।"

                      हवस्त आजको कार्यक्रम टुंग्याउनुअघि यी दुइवटा प्रश्न फेरी एक पटक सोधुँ। पहिलो प्रश्न चीनको क्वांग सी बाहेक विश्वका अन्य कुनै ठाउँमा पनि सेतो टाउको भएको ए हौ नामक बाँदर छ कि र दोस्रो प्रश्न हाल विश्वमा सेतो टाउको भएको ए हौ नामक बाँदरको संख्या कति छ? यसको उत्तरलाई Nepali service, CRI-6,China Radio International,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। यस पटकको ज्ञानविज्ञान प्रतियोगितामा तपाईं सफल हुनुहोस, मेरो हार्दिक शुभकामना!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040