china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुन्दर तथा रहस्यमय क्वाङ सिको सिमा क्षेत्र
    (GMT+08:00) 2008-11-27 20:28:42    

                 चीनको दक्षिण-पश्चिमी सिमामा पर्ने क्वाङ सि चुआङ जातीय स्वायत्त प्रदेश भियतनामसँग जोडिएको छ र चीनका महत्वपूर्ण सिमान्त प्रदेशहरुमध्येको एक पनि हो। आजको कार्यक्रममा म तपाईंहरुसँगै क्वाङ सि प्रान्तको सिमा क्षेत्रतिर गई त्यहाँको प्राकृतिक तथा मानवीय दृश्यको सुन्दरताको अनुभव गर्छु ल।

                आजको कार्यक्रम शुरु हुनुअघि सर्वप्रथम म तपाईंसमक्ष दुइटा प्रश्न राख्नचाहन्छुः एक, चुआङ जातीको प्राचीन प्लकिङ्ग बाजाको नाम के हो? दुइ, त थ्येन झरना चीन तथा कुन देशको सिमा क्षेत्रमा पर्दछ?

                 अब ध्यानपूर्वक आजको कार्यक्रम सुन्नुहोला, यी प्रश्नका उत्तर आजको कार्यक्रममै छन।

                 क्वाङ सिको सदरमुकाम नान नीङबाट गाडीद्बारा पश्चिमतिर डेढ घण्टासम्म गएपछि चीन र भियतनामसँग सिमा जोडिएको छुङ चो शहरको नीङ मिङ जिल्ला पुगिन्छ। नीङ मिङ जिल्लामा सबभन्दा प्रसिद्ध दृश्य चो नदीको किनारामा रहेका प्राचीन भित्ते चित्र हो। चट्टानको अग्ला-अग्ला भिरालो भागमा परेका ती चित्रहरुको दुइ हजार वर्षको इतिहास छ जसलाई चुआङ जातीका पुर्खाहरुले बनाएको अनुमान गरिएको छ।

                  जहाजबाट चो नदीको किनारामा पर्ने चित्र हेर्नसकिन्छ। सम्बन्धित विशेषज्ञले ब्याख्या गर्नुभएअनुसार, कुनै चित्रमा बाली काटिरहेको दृश्य देखाइएको छ भने कुनै चित्रमा पूजा गरिरहेको दृश्य। सबभन्दा ठूलो चित्रको चौडाइ दुइ सय मिटर जति छ र उचाइ चालिस मिटर छ। प्राचीन कालमा चुआङ जातीका पुर्खाले यति अग्लो भीरमा कसरी चित्र बनाए होलान? हजारौं वर्षपछि रङ्ग नजाने ती चित्रहरुमा कुन रङ्गको प्रयोग गरिएको थियो? पुरात्तत्वविदहरुले सम्बन्धित सामग्रीको अध्ययन गरी ती प्रश्नहरुको उत्तर खोजिरहेका छन।

                  पर्यटकहरुले चो नदीमा सुन्दर दृश्य हेर्नुका साथै स्थानीय चुआङ जातीका केटीहरुको मिठो गीत पनि सुन्नसक्छन। ती चुआङ जातीकी केटीहरुका हातमा एउटा प्लकिङ्ग बाजा रहेको छ। यो चुआङ जातीको विशेष बाजा हो र यसको नाम थेन छिन हो। यस प्राचीन प्लकिङ्ग बाजा हजारौं वर्षसम्म चल्दैआएको छ। पहिले चुआङ जातीको जादूगरहरुले थेन छिन भन्ने बाजा बजाउँदै मानिसहरुका विपत्तिहरु हटाई शुभकामना गर्नेगरेका थिए। आजआएर चुआङ जातीका मानिसहरुले लोक गीत गाउँदै थेन छिन बजाउँछन। अब सुनौं, स्थानीय चुआङ जातीकी केटीले थेन छिनलाई बजाउँदै गाएको गीत "सुन्दर क्वाङ सि"।

                   भीरमा रहेको रहस्यमय चित्र तथा मिठो गीत गाएका चुआङ जातीकी केटीसँग बिदा गरेपछि हामी नीङ मिङ जिल्लाबाट अझ पश्चिमतिर गाडीद्बारा एक घण्टासम्म हिंडेपछि सिमानामा पर्ने सानो शहर फिङ स्याङ पुग्छौं। चीन तथा भियतनामको सिमानामा पर्ने मित्रता घाट फिङ स्याङको महत्वपूर्ण पर्यटकीय स्थल हो। हालसम्म उक्त मित्रता घाट प्रयोगमै रहिरहेको र चीन तथा भियतनामको सिमामा बस्ने मानिसहरुबीच आदान-प्रदान गरिने महत्वपूर्ण माध्यम हो।

                  मित्रता घाटबाट उत्तरतिर जाने गाडीमा दुइ घण्टासम्म बसेपछि चीन तथा भियतनामको सिमामा पर्ने अर्को जिल्ला ता सिन जिल्ला पुगिन्छ। यहाँका दुइवटा पर्यटकीय स्थलले चिनियाँ तथा विदेशी पर्यटकहरुलाई आकर्षित गराउँछन। एउटा भनेको मिङ श गाँउको दृश्य र अर्को त थेन झरना हो। मिङ श गाँउको दृश्यबाट क्वाङ सिको ग्रामीण क्षेत्रमा हरियालीपूर्ण दृश्य देख्नसकिन्छ। पर्यटकहरु बाँसद्बारा बनाइएको डुंगामा बसेर नदीका दुइ किनारामा रहेका बाली, बाँसका वन, वर्टरवील देख्न सक्छन।

                   त थ्येन झरना अन्तर्देशीय झरना हो। यस झरना चीन तथा भियतनामको सिमामा बगिरहेको क्वी छुन नदीको माथिल्लो भागमा पर्दछ। यस झरनाको चौडाइ एक सय मिटर जति छ र अग्लाइ असी मिटर छ। यो एशियाको सबभन्दा ठूलो झरना हो र विश्वमा दोस्रो स्थानमा रहेको छ। ग्रीष्म ऋतुमा त थ्येन झरनाको पानीको मात्रा सबभन्दा ठूलो हुन्छ र टाढासम्म झरनाको आवाज सुन्न सकिन्छ।

                   थाइपैबाट आएकी पर्यटक लीन यौङ चनले झरनाको दृश्य हेरेर खुशी भएर भनिनः "हामी सबैलाई यहाँको पहाड र पानीको दृश्य सुन्दर लागेको छ। यो ठाउँ घुम्नलायक छ।"

                  यसका साथै, श्रीमती लीनले यहाँ आएका सबै पर्यटकहरुसँग भनिनः यहाँ आएर पहाड र नदीको राम्रोसँग संरक्षण गर्नुपर्छ। यति मनोरञ्जनात्मक दृश्य यो सबैको दृश्य हो।

                 हवस्त, श्रोताहरु, आजको ज्ञान-विज्ञान प्रतियोगिता विशेष कार्यक्रम यहीं पूरा हुन्छ। अन्तमा म कार्यक्रमको शुरुमा तपाई‌हरुसँग सोधेका दुइटा प्रश्नलाई फेरि दोह्याउँछुः एक, चुआङ जातीको प्राचीन प्लकिङ्ग बाजाको नाम के हो?

    दुइ, त थ्येन झरना चीन तथा कुन देशको सिमा क्षेत्रमा पर्दछ?

                 ती प्रश्नका उत्तर हामीलाई इ-मेल वा पत्रबाट पठाउनोस। हाम्रो ठेगाना होः Nepali service, CRI-6,China Radio Internationl,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। यस पटकको ज्ञानविज्ञान प्रतियोगितामा तपाईं सफल हुनुहोस, मेरो हार्दिक शुभकामना!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040