china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समुद्री दृश्य चित्र जस्तै सुन्दर रहेको क्वांग सि
    (GMT+08:00) 2008-11-27 20:28:42    

                   कार्यक्रम शुरु गर्नुअघि म तपाईंहरुका लागि दुइवटा प्रश्न प्रस्तुत गर्छु। एक. चीनको चिंग जातिको सबैभन्दा भव्य तथा रमाइलो चाड के हो? दुइ. चीनमा मानिएको सबैभन्दा ठूलो "शहरी अक्सिजन बार " चीनको कुन शहर हो? ध्यानपूर्वक आजको कार्यक्रम सुन्नुहोला, यी दुइवटा प्रश्नको जवाफ आजको कार्यक्रममा छन।

                   चीन एउटा बहुजातीय मुलुक हो। बीस हजार भन्दा बढीको जनसंख्या रहेको चिंग जातिको बसोबास क्वांग सि प्रान्तको दक्षिणी भागमा रहेको तुंग शींग शहरमा रहेको छ। अब म तपाईंहरुलाई तुंग शींग शहर लगेर चिंग जातिको विशेष जातीय संस्कृतिको अनुभव गराउँछु।

                   भरखरै तपाईंहरुले सुन्नुभएको यो संगीत एकल तारे बाजाद्वारा बजाइएको एउटा संगीत हो। एकल तारे बाजा चीनको चिंग जातिको विशेष बाजा हो। तुंग शिंग शहर चीन र भियेतनामबीचको सिमावर्ती क्षेत्रमा पर्छ। यहाँ बसोबास गर्ने चिंग जातिका मानिसहरुको युगौंयुगदेखि माछा मार्ने चलन छ। हान जाति जस्तै वसन्त चाड, त्वान वु चाड, चुंग छ्यौं चाडबाहेक, चिंग जातिका चाडहरुमध्ये सबैभन्दा भव्य तथा रमाइलो चाड चीनको परम्परागत पात्रोअनुसार हरेक वर्षको छैठौं महिनाको दश तारिखमा दिन पर्ने "छांग हा चाड" हो। स्थानीय पथ-प्रदर्शक सुश्री यांग चिंग हुंग "छांग हा चाड"बारे जानकारी दिंदै भन्नुहुन्छ, "छांग हा"को अर्थ गीत गाउनु हो। गीतमार्फत भावना व्यक्त गर्ने, साथी बनाउने तथा समुद्री देउताको सम्मान गर्ने भावना यसमा अभिव्यक्त गरिन्छ।

                     स्थानीय सुन्दर दृश्यसम्बन्धी यस गीतका साथमा हामी क्वांग सि प्रान्तको समुद्री किनाराको रेखाबाट पूर्वीतिर जाऔं। अहिले हामी छिन चौ शहरमा रहेको "तीनजना महिला खाडी"मा आइपुगेका छौं। हाम्रा आँखामा निलो समुद्र, बालुवाको बगर,अनौठो ढुंगा तथा समुद्री छालमाथि उफ्रिने "चिनियाँ सेतो डल्फिन" परेका छन।

                 "तीनजना महिला खाडी"बारे एउटा किन्बदन्ती छ। पूराना वंशमा तीनजना पुरुष माछा मार्न समुद्रमा गए, तर उनीहरु फेर्कनन। उनीहरुका श्रीमतीले आफ्ना श्रीमान फर्केलान भनेर समुद्र नजीकै बसेर कैयौं दिनसम्म पर्खे। कुर्दा-कुर्दा अन्तमा ती तीनैजनाका श्रीमतीहरु तीनवटा ढुंगामा परिणत भए। ती तीनजनाका श्रीमतीको आफ्ना श्रीमानप्रतिको प्रेमबाट प्रभावित भएका कारण माझीहरुले त्यस गाउँलाई तीनजना महिला खाडी भन्नथाले भने ती तीनवटा ढुंगालाई तीन महिला ढुंगा भन्नथाले।

                    डल्फिन मानिसहरुलाई सबैभन्दा बढी मन पर्ने एक प्रकारको जनावर हो। त्यो चलाख, मैत्रीपूर्ण, नरम तथा मिलनसार हुन्छ। "तीनजना महिला खाडी" डल्फिन हेर्ने सबैभन्दा राम्रो समुद्री क्षेत्रमध्येको एक हो। त्यसलाई "चिनियाँ सेतो डल्फिन को घर" नाम दिइएको छ। "चिनियाँ सेतो डल्फिनको शरिरको अत्यधिक भाग सेतो रंगको हुन्छ भने त्यसको पेट तथा पुच्छरको रंग बैजनी हुन्छ। "तीनजना महिला खाडी"मा दिन-दिनै सयौं रंगीचंगी "चिनियाँ सेता डल्फिनलाई नजीकबाट हेर्नसकिन्छ। माझी अथवा पर्यटक समुद्रमा जाँदा ती डल्फिनहरु डुंगाको पछि-पछि लाग्छन जसबाट मानिस तथा डल्फिनबीच मेलमिलापयुक्त वातावरणको सुन्दर चित्र बनाइन्छ।

                   चिंग जाति बसोबास गर्ने स्थान तथा तीनजना महिला खाडी गएर जातीय रितिरिवाज तथा "चिनियाँ सेतो डल्फिन हेरेपछि हामी अब निरन्तररुपमा पूर्वतिर जाऔं।

                   पैहाई शहरको तीनतिर समुद्र छ। रातो माटो,नीलो समुद्र, सेतो बालुवाको बगर तथा हरिया ताडका रुखबाट ताजा तथा विविध रंगको गठन भएको छ। राम्रो प्राकृतिक वातावरणको कारण तटवर्ती क्षेत्रमा पर्ने यस शहर एउटा सुन्दर चित्र जस्तै देखिन्छ। पैहाई शहर मानव जातिको बसोबासका लागि एउटा उचित शहर हो। यहाँको ग्रीष्म ऋतुमा गर्मी हुँदैन भने हिउँद ऋतुमा जोडो हुँदैन। यसबाहेक, यस शहरको वायु तथा पानी धेरै सफा छ। वायु तथा पानीको गुणस्तर राष्ट्रको पहिलो स्तरमा पुगेको छ। यहाँको अक्सिजनको मात्रा चीनको भित्री प्रदेशको तुलनामा बढी र शुद्ध पनि भएको हुनाले यसलाई चीनको सबैभन्दा ठूलो "शहरी अक्सिजन बार" मानिएको छ। अमेरिकाबाट आएका पर्यटक जोनि लुपले यस शहरको दिलैदेखि प्रंशसा गर्दै भनेका छन,

    आवाज पाँच

    पैहाई शहर निकै सुन्दर छ। मेरा साथीले मलाई यहाँ आउनुपर्ने कुरा वताए।

    हवस त, श्रोताहरु, आजको कार्यक्रम अब सम्पन्न हुनलागेको छ। अन्तमा म शुरुमा तपाईंहरुका लागि प्रस्तुत गरेका दुइवटा प्रश्न दोहर्‍याउँछु। एक. चीनको चिंग जातिको सबैभन्दा भव्य तथा रमाइलो चाड के हो? दुइ. चीनमा मानिएको सबैभन्दा ठूलो "शहरी अक्सिजन बार चीनको कुन शहर हो? यसको उत्तर हामीलाई इ-मेल वा पत्रबाट पठाउनोस। हाम्रो ठेगाना होः Nepali service, CRI-6,China Radio Internationl,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। यस पटकको ज्ञानविज्ञान प्रतियोगितामा तपाईं सफल हुनुहोस, मेरो हार्दिक शुभकामना!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040