china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रेडियोले लगाएको यो गुणालाई जति गरे पनि म शब्दमा ब्याख्या गर्न सक्ने अवस्थामा छैन ।
    (GMT+08:00) 2008-11-28 20:44:06    
                       चिनियाँ अन्तर्राष्टि्रय रेडियोले हालै आयोजना गरेको "चीनको क्वागं सी स्वायत्त प्रदेश" ज्ञान विज्ञान प्रतियोगितामा विषोश पुरस्कार प्राप्त गर्नेमा भारत (क्ष्लम्क्ष्ब् ) का श्रोता पनि हुनुहुन्छ भन्ने कुरा सुन्नमा आएको छ । कृपया मलाई उहाँको नाम, सम्पर्क फोन नं. र इमेल ठेगाना मेलमा पठाई दिएमा म आभारी हुने थिएँ किनकी मेरो पैचिङको उडानको सिलसिलामा दिल्लीमा करीव 1 दिनको बसाई रहेको छ, यदि उहाँको र मेरो एउटै जहाजको टिकट भएमा हामी चिनजान गरी समय विताउन तथा उडानमा निकै रमाइलो हुने अनुमान गरेको छु । यदि बहिनीलाई कुनै आपत्ति हुदैन भने मलाई उहाँको नाम, फोन नं. र इमेल ठेगाना पठाईदिने कष्ठ गर्नुहोला ।यो मेरो व्यक्तििगत अनुरोध मात्र हो, यसलाई अन्यथा नलिइदिनुहुन अनुरोध गर्दछु । चिनियाँ अन्तर्राष्टि्रय रेडियोले हालै आयोजना गरेको "चीनको क्वाागं सी स्वायत्त प्रदेश" ज्ञान विज्ञान प्रतियोगितामा नेपाली सेवाको तफबाट म एक सामान्य सत्रिmय श्रोतालाई विषोश पुरस्कार प्रदान गरी विश्वकै विशाल एवं महान मुलुक जन गणातन्त्र चीनको भ्रमणा गर्ने सौभाग्य प्रदान गर्नुभएकोमा चिनियाँ अन्तर्राष्टि्रय रेडियो, नेपाली विभाग एवं विशेषागरी यहाँप्रति हार्दिक आभार तथा धन्यवाद दिन चाहन्छु । यसबाट मैले २० वष्रीय अवधिमा सक्रिय श्रोताको रुपमा रेडियोप्रति देखाएको माया, ममता तथा सद्भावप्रति रेडियोले मेरो उच्च मु:ल्यांकन गरेको महसुस गरेको छु, जसलाई मैले जीवनभर विर्सन सक्ने छैन । सँच्चै भन्ने हो भने मेरो जीवनको सवैभन्दा खुशीको दिन त्यहि थियो, जुन दिन आदरणीय केशरी दिदीले तपाईलाई रेडियोले भ्रमणा गर्नको लागि बोलाएको छ । तपाईको पासपोर्ट छ भने नम्वर पठाउनुहोस यदि पासपोर्ट छैन भने तुरुन्त बनाउनुहोस । यो मेलले गर्दा म यति धेरै खुशी भएँ कि जसको सीमा नै छैन र यो खुशीलाई मैले शब्दमा ब्याख्या गर्नु मुर्खता सम्झन्छु । मैलै व्यक्तिगत रुपमा रेडियोलाई केहि दिन सकेको छैन । तर मैले रेडियोबाट अनगिन्ति पत्र, पत्रिका, पुस्तिका, बुलेटिन, ब्याज, पोष्टकार्ड तथा धेरै पटक विभिन्न किसिमका पुरस्कारहरु प्राप्त गरेको छु । आज आएर चीनजस्तो विश्वकै नमूना मुलुकको भ्रमणा गर्ने सौभाग्य प्राप्त गरेको छु । रेडियोले मलाई लगाएको यो गुणा मैले जीवनभर चुकाउन सक्ने छैन । आर्थिक दृष्टिकोणाले म धेरै गरीव छु , हालसम्म मैले घरबाट केहि पनि लिएको छैन र लिनसक्ने अवस्था पनि छैन । मेरो मेहनतले गर्दा एम.बी.ए. सम्मको अध्ययन गरेको छु र यहि पढाईको सहयोगले मैले श्रीमती, छोरा छोरीलाई सक्दो लालन पालन पनि गरेको छु । हाल म एक सानो विकास बैंकको प्रवन्धक (:बलबनभच) पदमा कार्यरत छु र यसैको सहाराले आफ्ना जहान परिवारलाई पालेको छु । आर्थिक हैसियतले गर्दा म आफ्नो खर्चले चीनजस्तो महान मुलुकको भ्रमणा गर्न सक्ने अवस्थामा थिएन र छैन पनि । महान मुलुक चीनको भ्रमणा गर्ने मेरो सपना करीव ३० वर्षा पहिलेदेखि श्रजना भएको थियो, जुन अहिले आएर विपनामा परिणात भएको छ । वास्तवमा मैले रेडियोबाट चाहेको पनि यहि थियो, जुन अहिले आएर साकार भए३को छ । मैले अहिले मात्र होइन, सक्रिय श्रोता भएदेखि नै सी.आर.आई. नेपाली सेवालाई मेरो ढुकढुकीको रुपमा लिएको छु र मेरो जीवन रहुन्जेर रहिरहने पनि छ । नेपालमा बहुसंख्यक मेरा साथीहरुको सोचाई अमेरिका, जापान, बेलायत तथा फ्रान्समा घुम्न जाने, बस्ने तथा त्यहि रोजगार गर्ने सोचाई रहेको छ र हुन्छ । तर मेरो भने ती देशहरुप्रति कुनै चासो थिएन र छैन पनि । मेरो एक मात्र चाहना, सोचाई तथा सपना भनेको विश्वको एकमात्र महान, विशाल तथा शक्रििशाली मुलुक चीनको राजधानी तथा अन्य केहि भागको अवलोकन गर्ने थियो । जुन आजआएर पुरा हुदैछ । रेडियोले लगाएको यो गुणालाई जति गरे पनि म शब्दमा ब्याख्या गर्न सक्ने अवस्थामा छैन । अन्य मेलमा पनि यस्ता मेरो भावनाहरु पोख्ने वाचा सहित आजलाई विदा चाहन्छु । धन्यवाद । भवदीय मान बहादुर खत्रीनेपालगंज, बाँके, नेपाल ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040