चिनियाँ अन्तर्राष्ट्रिय रेडियो चीनको कुआङ सि चुङ जातिय स्वायत्त प्रदेशको प्रचार प्रसार विभाग एवम् कुआङ सि जातिय स्वायत प्रदेश पर्यटन व्यूरोको संयुक्त तत्वावधानमा सुन्दर कुआङ सि ज्ञान विज्ञान प्रतियोगिताको विशेष पुरस्कार वितवरण समारोह आज कुआङ सि प्रान्तको सदरमुकाम नान नीङमा आयोजना गरिएको छ। नेपाली बिजेता मान बहादुर खत्री लगायत जम्मा गरी आठ जना श्रोताहरु उक्त समारोहमा उपस्थित हुनुभएको छ।

पुरस्कार वितवरण समारोहमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका उप निर्देशक वाङ मिङ ह्वा तथा कुआङ सि प्रान्तीय पर्यटकीय व्यूरोका प्रमुख छङ च्याङ च्युनले विशेष पुरस्कार बिजेतालाई बधाइ दिँदै पुरस्कार वितरण गर्नुभएको छ।

उक्त समारोहमा नेपाली श्रोता मान बहादुर खत्रीले खुशीयाली भावना व्यक्त गर्दै नेपाली परम्परागत नाच पनि प्रदर्शन गर्नुभएको छ।
उक्त समारोहपछि नेपाली श्रोता मान बहादुर खत्रीले नेपाली सेवाका सम्बाददातासँग कुराकानी गर्दै आफ्नो खुशीको भावना यसरी व्यक्त गर्नुभएको छः
|