
चिनियाँ राष्ट्रिय विकास र सुधार समितिका उप प्रमुख तु यिङ्गले आज एक तारिखका दिन आन व्है प्रान्तको सदरमुकाम ह फै नगरमा संकेत दिँदै यस वर्ष चीनको अन्नबालीको कूल मात्रा पाँच खर्ब पच्चीस अर्ब किलो ग्राम पुगेर आफ्नो इतिहासमा सबभन्दा उच्च रेकर्डको सिर्जना गर्ने अनुमान गरिएको कुरा बताउनुभएको छ। उहाँको भनाइअनुसार यो चीनको चालीस वर्षको समयभित्र पहिलो पटक निरन्तर रुपमा पाँच वर्षभित्र अन्नाबालीतर्फ राम्रो फसल भित्र्याइने भएको छ।

उहाँले उक्त नगरमा आयोजित कृषि-कार्यसम्बन्धी सम्मेलनमा जानकारी दिंदै सन् 2008 वर्ष चीनका कपास, खानेतेल, अण्डा र चिनी आदि कृषि उत्पादित पदार्थहरु पनि चौतर्फी रुपमा वृद्धि भएको देखिन्छ। त्यसका अतिरिक्त सरदर प्रतिचिनियाँ किसानको वार्षिक आम्दानी चार हजार छ सय चिनियाँ युआनभन्दा बढी रहेकोछ जुन गतवर्ष सोही अवधिको तुलनामा छ प्रतिशत बढी हो।
|