
आज एकाइसौं विश्व एड्स दिवस हो। चीनका नेताहरु हु चिन थाउ तथा लि ख छ्याङले पैचिङको ति थान अस्पतालमा एड्स रोगको रोकथाम तथा उपचार कार्यको निरीक्षण गर्नुभयो। चीनका विभिन्न ठाउँले पनि एड्स रोगको सक्रियताका साथ रोकथाम तथा उपचार कार्यलाई सबल पार्न विविध कदम चालेको छ।

चीनको दक्षिण-पश्चिमी भागमा पर्ने छुङ छिङ शहरमा हाल युवा युवती तथा किशोर किशोरीहरले एड्स रोगको रोकथाम तथा उपचारसम्बन्धी शैक्षिक परियोजना थालेका छन्। जसले युवायुवती तथा किशोर किशोरीहरु एड्स रोग तथा प्रजननसम्बन्धी अरु रोगको संक्रमण हुने सम्भावनालाई घटाउन चिकित्सक तथा मानसिक चिकित्सा सहायता उपलव्ध गराएको छ। पैचिङको सामुदायिक क्षेत्रमा नवौं औषधोपचार क्लिनिक खोलिएको छ। जसले लागुपदार्थको कूलतमा लागेकाहरुलाई लागू पदार्थप्रति निरुत्साहित गर्न तथा एच.आइ.भि संक्रमण हुने सम्भावनालाई घटाउन सहयोग पुर्याएको छ।

समस्त चीनमा हाल एच.आइ.भिको प्रतिरोध कार्य एकतीस प्रान्त स्तरीय क्षेत्रमा फैलिएको छ। यसका साथै एच.आइ.भि संक्रमितहरु तथा एड्स रोगीहरुका लागि औषधोपचार उपलव्ध गराइएको छ।
|