china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा एड्स रोगबारे नागरिक चेतानालाई सबल पारेको
    (GMT+08:00) 2008-12-01 19:22:49    

          आज अर्थात डिसेम्बर एक तारिखका दिन सारा विश्वको एकाईसौं विश्व एड्स दिवस हो। यस वर्षको मुख्य उद्देश्य चाहिं "एड्स रोगलाई रोकेर आफ्नो प्रतिबद्धताको पालना गरौं" भन्ने हो। चीनको सम्बन्धित सरकारी विभागको तथ्याँक अनुसार चीनमा सत्तरी लाखभन्दा बढी एड्स रोगीमा चालिस लाखभन्दा बढी रोगी आफ्नो रोगबारे स्पष्ट भएका छैनन। यसबाट एड्स रोगबारे चीन समाजको जानकारी त्यति बढी नभएको कुरा स्पष्ट देखिन्छ। यस्तो अवस्थामा हाल चीनका विभिन्न ठाउँले विश्व एड्स दिवसको अवसरमा विभिन्न सार्वजनिक कल्याण कार्यक्रमको आयोजना गरी सर्वसाधारणसमक्ष एड्स रोगसम्बन्धी ज्ञानबारे प्रचार-प्रसार गरी एड्स रोगीलाई हेरचाह गर्न आव्हान गरेका छन्।

          पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहको आयोजना गरिएको चरा गुँड नामक राष्ट्रिय रंगशालामा आज एड्स रोगसम्बन्धी प्रचार-प्रसार कार्यक्रमको आयोजना गरिएको थियो। सो अवसरमा बीस मिटर उचाइ र सत्र मिटर चौडाई भएको ठूलो रातो रेशमी कपडा झुण्ड्याइएको छ। यो नै एड्स रोगको निवारण प्रतीक हो। यसबाट एड्स रोग लागेका रोगीको माया तथा समर्थनबारे प्रकट गर्न सकिने सो कार्यक्रम संयोजकको इच्छा छ। विश्व एड्स रोग दिवसका दिनमा चरा गुँड नामक राष्ट्रिय रंगशालामा रातो रेशमी कपडा झुण्याइने कार्यक्रमको ठूलो महत्व रहेको कुरा बताउँदै चीनको राज्य परिषदअन्तर्गत एड्स रोगको निवारण कार्य समितिको कार्यालयका प्रमुखका सहायक हान मंग चेले भन्नुभयोः

         "रातो रेशमी कपडा नै एड्स रोगको निवारणबारे अन्तर्राष्ट्रिय प्रतीक हो। यसबाट एड्स रोगीको माया तथा समर्थन प्रतिबिम्बित भएको देखिन्छ। सर्वसाधारणले ज्यान र शान्तिको माया गरेको कुरा प्रतिबिम्बित भएको देखिन्छ। र सर्वसाधारणले ध्यान दिएर एड्स रोगको निवारण कार्यको समर्थन गरेको कुरा पनि झल्कन्छ।"

          चीनमा संस्कृति तथा कला क्षेत्रका धेरै प्रसिद्ध कलाकारहरुले पनि सर्वसाधारणमा आफ्नो प्रभावले सार्वजनिक कल्याण कार्यक्रममा भाग लिएर एड्स रोगबारे अझ बढी ध्यानाकर्षण गराउँनका लागि प्रयास गर्नुभएको छ। चीनमा एड्स रोग निवारणसम्बन्धी सार्वजनिक कल्याण दूत फु छुन सिन चीनका एक जना प्रसिद्ध अभिनेता हुनुहुन्छ। आज उहाँले सडकमा आएर सर्वसाधारणलाई एड्स रोग निवारणसम्बन्धी प्रचार-प्रसारका सामान बाँड्नुभएको छ। यसका साथै उहाँले एड्स रोगबारे सर्वसाधारणद्बारा सोधिएको प्रश्नको पनि जवाफ दिनुभएको छ। एड्स रोगको निवारण गर्ने एउटा महत्वपूर्ण प्रत्याभूत चाहिँ सो रोगबारे सर्वसाधारणको बढी जानकारी रहेको विचार व्यक्त गर्दै उहाँले भन्नुभयोः

         "गत केही वर्षको प्रयासमा एड्स रोगबारे हाम्रो सारा समाजको जानकारी तथा चेतना ठूलो परिमाणमा बृद्धि भएको देखिन्छ। यो एउटा ठूलो प्रगति हो।"

          चीनको राजधानी पैचिङ्गबाहेक अन्य धेरै ठाउँमा पनि एड्स रोग निवारणसम्बन्धी विभिन्न किसिमको प्रचार-प्रसार कार्यक्रमको आयोजना गरिएका छन्। गत केही वर्षयता एड्स रोग लागेका युवाहरुको संख्या वर्षैविच्छे वृद्धि हुँदै आएको अवस्थमा पश्चिमी चीनको छुंग छिंग शहरले युवायुवतीसमक्ष एड्स रोगको निवराणबारे प्रचार-प्रसार गरेको छ। सो कार्यक्रम सम्पन्न भएपछि छुंग छिंग विश्वविद्यालयका विद्यार्थी छन यानले एड्स रोगको निवारणमा आफूले योगदान पुर्‍याउँने आशा व्यक्त गर्दै भन्नुभयोः

         "पहिले एड्स रोग फैलने तरिकाबारे मात्र मलाई जानकारी थियो। यो कार्यक्रममा भाग लिएकोले मैले एड्स रोगीहरुमा युवायुवतीको संख्या केही बढी रहेको कुराबारे थाहा पाएकी छु। एड्स रोगको निवारणका क्षेत्रमा एक जना स्वयम सेवक बन्ने मेरो इच्छा छ। यसबाट मैले अन्य मित्रहरुसँगसँगै एड्स रोगको निवारणको निमति पर्खाल निर्माण गर्न पाउँनेछु।"

          एड्स रोगबारे सारा सामाजको ध्यानाकर्षण गरेर एड्स रोगीको माया तथा समर्थन गर्ने उद्देश्यले चीनका राष्ट्रध्यक्ष हु चिन थाउ र प्रधानमन्त्री वन च्या पाउलगायत् चिनियाँ नेतागणले विश्व एड्स दिवसको परिप्रेक्ष्यमा अस्पताल तथा ग्रामीण क्षेत्रमा गएर एड्स रोगीसँग भेट गर्नुभएको छ। पूर्वी चीनको आन व्है प्रान्तमा पर्ने एउटा गाउँमा एकजना एड्स रोगीसँग भेट गर्दा चीनका प्रधानमन्त्री वन च्या पाउले एड्स रोगको निवराणमा चीन सरकारले अझ बढी लगानी उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसका साथै उहाँले एड्स रोगको निवारण कार्य राम्ररी गर्ने चिनियाँहरुको विश्वास तथा संकल्प प्रकट गर्नुभएको छ।

          गत केही वर्षयता चीन सरकारले एड्स रोगको निवारणमा अथक प्रयास गरी सकारात्मक प्रगति हासिल गरेको छ। एड्स रोगको फैलावटलाई रोक्नका लागि चीनले निशुल्क परीक्षण गर्ने तथा कठिन अवस्थामा रहने एड्स रोगीलाई निःशुल्क उपचार गर्ने आदि कदम चालेको छ। यसका साथै चीन सरकारले एड्स रोगको निवारणमा निरन्तर रुपमा लगानी उपलव्ध गराएको छ। हाल एड्स रोगको फैलावट चीनमा केही बढी भएतापनि फैलावटको बृद्धिमा केही कमी हुँदै आएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040