
सुधार तथा खुल्लापन लागू भएका तीस वर्षयता चीनको आर्थिक तथा सामाजिक समाजमा टडकारो उपलब्धि प्राप्त हुनुका साथै मानव अधिकार कार्यमा पनि ऐतिहासिक प्रगति पनि हासिल भएको देखिन्छ। चीनको मानव अधिकारको अनुसन्धान परिषद्का प्रमुख लो हाउ छाइले आज पैचिङ्गमा उक्त कुरा औंल्याउनुभएको हो।
श्री लोले आजै आयोजित मानव अधिकारसम्बन्धी गोष्ठीमा भन्नुभए अनुसार, तीस वर्षयता सुधारले चीनको आर्थिक विकासलाई द्रुत गतिले घच्घच्याउनुका साथै मानव अधिकारको विकासका लागि पनि बलियो जग बसालेको छ। साथै सुधारले प्रत्यक्ष रुपमा नागरिकहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विकासलाई पनि अघि बढाउँदैआएको छ। यसका अतिरिक्त, चीनले निरन्तर रुपमा प्रजातन्त्रको विस्तार गर्नुका साथै सक्रियताका साथ कानूनबमोजिम देशको निर्माणलाई पनि घच्घच्याउँदैआएको छ।
|