यस वर्षको डिसेम्बर एघार तारिख क्वाङ सि च्वाङ जातिय स्वायेत्त प्रदेशको स्थापना भएको पचासौं वार्षिकोत्सव हो। यस उपलक्ष्यमा क्वाङ सि च्वाङ जातीय स्वायेत्त प्रदेशका अध्यक्ष मा प्याउले आज पैचिङमा बोल्दै सन् 1958देखि क्वाङ सि च्वाङ जातीय स्वायत्त प्रदेशको अर्थतन्त्रमा निरन्तर तथा तीब्र विकास भएको बताउनुभएको छ। सन् 2007मा यस प्रदेशको कूल गार्हस्थ उत्पादन पाँच खर्ब पन्चानव्वे अर्ब चिनियाँ युआन पुगेको छ। यो सन् 1958 को तुलनामा एकचालीस गुणाले बढी हो।

आज राज्य परिषद्को प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा श्री मा प्याउले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, सन् 2007मा समस्त प्रदेशमा आयात र निर्यातको कूल परिमाण नौ अर्ब बीस करोड अमेरिकी डलर भन्दा बढी पुगेको थियो। तीमध्ये निर्यातको कूल परिमाण पाँच अर्ब दश करोड अमेरिकी डलर पुगेको थियो। त्यसका अतिरिक्त, क्वाङ सिको आर्थिक बनौटलाई व्यवस्थित गर्ने क्षेत्रमा ठूलो प्रगति हासिल भएको थियो।

क्वाङ सि च्वाङ जातिय स्वायत्त प्रदेशको स्थापना सन् 1958 मा भएको थियो। यो चीनको पाँच वटा अल्पसंख्यक जातीय स्वायत्त प्रदेशमध्येको एक हुनुका साथै चीनको सबैभन्दा बढी जनसंख्या भएको अल्पसंख्यक जातिय स्वायत्त प्रदेश हो।
|