china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको मानव अधिकार कार्यमा ऐतिहासिक प्रगति हाँसिल
    (GMT+08:00) 2008-12-02 20:39:58    

        "विश्व मानव अधिकार घोषणा-पत्र"लाई सार्वजनिक गरिएको साट्ठी वार्षिकोत्सव तथा चीनमा सुधार तथा खुल्लापन लागू भएका तीस वर्षको उपलक्ष्यमा चीनको मानव अधिकारको अनुसन्धान परिषद्ले आज पैचिङ्गमा "चीनको सुधार तथा खुल्लपन र मानव अधिकारको विकासका तीस वर्ष" शिर्षकको गोष्ठीको आयोजना गर्‍यो। विश्वका विभिन्न स्थानका मानव अधिकारसम्बन्धी साट्ठी जनाभन्दा बढी विशेषज्ञ तथा विद्बानहरु त्यस गोष्ठीमा सहभागी हुनुहुन्थ्यो। उहाँहरुका अनुसार, सुधार तथा खुल्लापन लागू भएका तीस वर्षयता चीनको आर्थिक तथा सामाजिक समाजमा टडकारो उपलब्धि प्राप्त हुनुका साथै मानव अधिकार कार्यमा पनि ऐतिहासिक प्रगति हासिल भएको देखिन्छ।

          चीनको राज्य परिषद्को प्रेस कार्यालयका प्रमुख वाङ्ग छनले उक्त गोष्ठीलाई सम्बोधन गर्दै सुधार तथा खुल्लापन भएका तीस वर्ष चीनको सामाजिक वातावरणमा गहिरो परिवर्तन देखा परेका तीस वर्ष हुनुका साथै चीनको मानव अधिकारको विकास द्रुत गतिले विकसित भैरहेका तीस वर्ष पनि हो भन्नुभयो। उहाँ यसरी भन्नुहुन्छ:

          सुधार तथा खुल्लापन लागू भएका तीस वर्षयता चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले आर्थिक निर्माण केन्द्र रहेको विषयलाई लिएर समाजलाई चौतर्फी रुपमा विकसित पार्नुका साथै मानव अधिकारको सामान्यता तथा चीनको वास्तविक परिस्थितिलाई घनिष्ट रुपमा जोडेर मानव अधिकारको संरक्षण गर्ने सन्दर्भमा अथक प्रयास गर्दै ऐतिहासिक प्रगति प्राप्त गरेका छन्।

          श्री वाङ्ग छनका अनुसार, तीस वर्षयता चीनको अर्थतन्त्र हरेक वर्ष लगभग दश प्रतिशतले वृद्धि हुँदैगएको छ। औसत राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्राको वृद्धि दर दश गुणाले बढेको देखिन्छ। शहर तथा ग्रामीण क्षेत्रका बासिन्दाहरुको आम्दानी पनि उँभो उठ्दैगएको छ। रोजगार, शिक्षा, चिकित्सा तथा सामाजिक प्रत्याभूतसम्बन्धी नागरिकहरुको उपभोग-स्तरलाई पनि निरन्तर रुपमा माथि उकासिएको छ। चिनियाँ जनताहरुको बाँच्ने अधिकार तथा विकासको अधिकारलाई अभूतपूर्व रुपमा सुनिश्चित पारिएको छ।

          चीनको मानव अधिकारको अनुसन्धान परिषद्का प्रमुख लो हाउ छाइले सो गोष्ठीमा बताउनुभए अनुसार, तीस वर्षयता सुधारले चीनको आर्थिक विकासलाई द्रुत गतिले अघि बढाउन जोड दिनुका साथै मानव अधिकारको विकासका लागि पनि बलियो जग बसालेको छ। साथै सुधारले प्रत्यक्ष रुपमा नागरिकहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विकासलाई पनि अघि बढाउँदैआएको छ। यसका अतिरिक्त, चीनले निरन्तर रुपमा प्रजातन्त्रको विस्तार गर्नुका साथै सक्रियताका साथ कानूनबमोजिम देशको निर्माणलाई पनि घच्घच्याउँदैआएको छ। उहाँ भन्नुहुन्छ:

          चीनका तीस वर्षसम्मको सुधारको आधारभूत दिशा के छ भने समाजका विभिन्न क्षेत्रका स्वतन्त्रताको विस्तार गर्नु, नागरिकहरु सहभागी हुने अधिकारलाई माथि उकास्नु, सर्वसाधारणहरुको हित-कल्याणको संरक्षण गर्नु र मानिसहरुको मूल्य तथा प्रतिष्ठालाई साकार तुल्याउनु नै हुन्।

          प्राप्त जानकारी अनुसार, चिनियाँ जन काँग्रेसको व्यवस्थालाई निरन्तर रुपमा पूर्णता दिलाइरहेको छ। हाल चीनका ग्रामीण क्षेत्रमा किसान परिषद्को प्रत्यक्ष निर्वाचन व्यवस्थाको विस्तृत रुपमा कार्यान्वयन गरिन्छन्। यसका साथै चीनका आधारभूत प्रजातन्त्रको पनि लगातार रुपमा विस्तार हुनुका साथै क्रमश: राजनैतिक मामिलामा सहभागी हुने बाटो अझ सुचारु भैरहेको देखिन्छ। नागरिकहरुको आधारभूत मानव अधिकार तथा स्वतन्त्रतालाई सशक्त रुपमा सुनिश्चित पारिएको छ।

          सुधार तथा खुल्लापन लागू हुनुअघि चीन अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी गतिबिधिमा विरलै सहभागी भएको थियो। तर सुधार तथा खुल्लापन लागू भएयता चीन क्रमश: अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सहयोगमा एक महत्वपूर्ण सदस्य बनिसकेको देखिन्छ। संयुक्त राष्ट्र संघअन्तर्गत मानव अधिकार परिषद्को अनुसन्धान विभागका विशेषज्ञ छन श छ्यौका अनुसार, वितेका केही वर्षयता चीनले खुलस्त रुपमा अन्तर्राष्ट्रिय मानव अधिकार कार्यलाई विकसित पार्नुका साथै सक्रियताका साथ अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सम्झौता-वार्ता, आवत-जावत तथा सहयोगमा भाग लिंदैआएको छ। उहाँ भन्नुहुन्छ:

          सर्वप्रथम हामीले यूरोपेली संघ तथा यूरोपका केही मुलुकहरु बीच नियमित रुपमा मानव अधिकारसम्बन्धी सम्झौता-वार्तालाई कायम राखेका छौं। हामीले अमेरिका तथा ओस्ट्रेलियासँग मानव अधिकारसम्बन्धी सम्झौता-वार्ता पनि गरेका छौं। हामीले अधिकांश विकासोन्मुख मुलुकसँग मानव अधिकारसम्बन्धी आदान-प्रदान गरी केही विषयबारे विचार-विमर्श पनि गर्ने गरेका छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040