
चीनको राष्ट्रिय भूखण्डको स्रोत-साधन मन्त्रालयका उप प्रमुख लु सिन शले आज पैचिङ्गमा बोल्दै बाह्र करोड हेक्टरको कृषि जग्गालाई असर नपार्नका लागि चीनले आर्थिक विकासलाई प्रत्याभूत दिनुकासाथै सशक्त कदम चाल्ने कुरा बताउनुभयो।
उहाँले आजै राज्य परिषद्को प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनले खेती जग्गासम्बन्धी संरक्षण व्यवस्थालाई व्यवहारमा उतार्ने तरिकामार्फत कृषि जग्गालाई प्रत्याभूति दिने कुरा औंल्याउनुभएको छ।
यसका साथै चीन सरकारले विभिन्न स्थानमा जग्गाको प्रयोगसम्बन्धी अवस्थाको अनुगमन गर्नुका साथै वास्तविक रुपमा किसानहरुको हक-अधिकारको संरक्षण गर्ने कुरा पनि श्री लुले बताउनुभएको छ।
|