
चिनियाँ नागरिक मामिला मन्त्रालयअन्तर्गत नीति अनुसन्धान केन्द्रका प्रमुख वाङ छि येनले आज पैचिङमा बोल्दै सन् 2007सम्म चीनका विभिन्न प्रकारका गैर-सरकारी संगठनहरुको संख्या करिब चार लाख भएको र तिनीहरुले मानव अधिकारको संरक्षण कार्यमा सकारात्मक भूमिका निर्वाह गरेका कुरा व्यक्त गर्नुभयो।

श्री वाङ छि येनले आज "चीनको सुधार तथा खुलापन र मानव अधिकारको विकास भएको तीस वर्ष" नामक गोष्ठीमा उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, मानव अधिकारको विकासलाई उच्च महत्व दिएको वर्तमान चीनको मानव अधिकारको संरक्षण कार्यमा गैर-सरकारी संगठनको स्थान तथा भूमिका निकै महत्वपूर्ण रहेको छ।
|