
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो तथा कुङ सि चुआङ जातिय स्वायत प्रदेशको पर्यटन विभागको संयुक्त तत्वावधानमा आयोजित "कुआङ सि ज्ञान विज्ञान प्रतियोगिता"का विशेष पुरस्कार बिजेताले कुआङ सि चुआङ जातिय स्वायत प्रदेशको भ्रमणमा रहनुभएको छ।
गत उनान्तीस तारिखदेखि शुरु भएको उक्त भ्रमणमा उहाँले अन्य आठ जना विशेष पुरस्कार बिजेतासँगै नान निङ, ता सिन तथा चिङ सि यी तीन वटा ठाँउमा कुआङ सि चुआङ जातिको यथेष्ठ संस्कृतिको अनुभव गर्नुका साथै कुआङ सिका विविध प्राकृतिक दृश्य पनि हेर्नुभएको छ।
आफ्नो कुआङ सि भ्रमण आधा भइसकेको अवधिमा उहाँले यस पटकको भ्रमणबारे चर्चा गर्दै भन्नुभयोः
आज सि.आर.आई. स्थापित भएको सट्टसट्ठी औं वार्षिकोत्सव हो। नेपाली श्रोता मान बहादुर खत्रीले आफ्नो हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ।
प्राप्त जानकारी अनुसार भोलीदेखि आगामी सात तारिखसम्म उहाँले कुआड सिको ल्यौ चौ तथा क्वी लीनको भ्रमण गर्नुहुने कार्यक्रम छ।
|