 चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले भारत र पाकिस्तानले वार्ता र सहयोगलाई सबल पार्ने तथा दक्षिण एशियाको शान्ति र स्थिरताको संयुक्त रुपमा संरक्षण गर्ने आशा चीनले लिएको कुरा बताउनुभयो।
श्री लिउ चेन छाउले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। श्री लिउले भारत र पाकिस्तान दुबै मुलुक चीनका मैत्रीपूर्ण छिमेकी हुन् भन्दै आतंकवादविरोधी समस्यामा चीनको अडान दृढ भएकोले, चीनले कुनै पनि आतंकवादको विरोध गरिरहेको कुरा बताउनुभयो।
|