चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज चार तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै फ्रान्सले चीनबाट व्याख्या गरिएका अडान र चीनको चिन्तामाथि ठूलो नजर पुर्याएर सही गतिविधि गरी चीन र फ्रान्सबीचको सम्बन्धमा सुधार लगायत चीन र यूरोपबीचको सम्बन्धको विकासका लागि महत्वपूर्ण प्रयास गर्ने आशा चीनको रहेको बताउनुभएको छ।
पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदै श्री लिउले चीनले यूरोपेली संघको वर्तमान अध्यक्ष फ्रान्सले जानाजानी दलाइसित भेट गरी बारम्बार चीनको अडान व्याख्या गर्दै आएको कुरा बताउनुभएको छ। त्यसैले चीनले वर्तमान चीन र फ्रान्सबीचको सम्बन्धको विकास गर्न तथा चीन र यूरोपेली संघबीचको सम्बन्धलाई अघि सार्न तथा चीन र यूरोपेली संघका नेताहरु बीचको भेटवार्ताको पुनर्स्थापना गर्नका लागि फ्रान्सले चीनव्दारा व्याख्या गरिएका अडान र चीनको चिन्तामाथि ठूलो नजर पुर्याउनु पर्नेछ।
|