चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्को पटकको छ पक्षीय वार्ताको प्रतिनिधि मण्डलका प्रमुख स्तरीय सम्मेलनको अध्यक्षताका लागि चीनले सक्रियताका साथ तयारी गरिरहेको कुरा वताउनुभयो।
अमेरिकाको आणविक समस्यासम्बन्धी वार्ताकारले आज सिंगापुरमा उत्तर कोरियाका प्रतिनिधिसँग वार्ता गर्दै उत्तर कोरियाको आणविक योजनामाथि जाँचबुझ गर्ने विषयबारे छलफल गर्नुभयो। पत्रकारद्वारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदै श्री लिउ चेन छाउले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, चीनले सम्बन्धित पक्षहरुसँग वार्ता गर्ने मिति स्पष्ट गर्नुका साथै यस पटकको छ पक्षीय वार्ताको प्रतिनिधि मण्डलका प्रमुख स्तरीय सम्मेलनको अध्यक्षताका लागि चीनले सक्रियताका साथ तयारी गरिरहेको छ।
|