चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै एउटा जिम्मेवार मुलुकको रुपमा चीनले विभिन्न पक्षसँग मिलेर विश्व व्यापार संगठनको दोहा चरणको वार्तालाई अघि बढाउने कुरा वताउनुभयो।
आज पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लिउ चेन छाउले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, हाल अन्तर्राष्ट्रिय समाजले विश्वको बैंकिंङ संकटको सामना गर्ने क्षेत्रमा पारस्परिक सहयोगलाई निरन्तर रुपमा सबल पारेको छ। यस वर्षको नोभेम्बर महिनामा आयोजित बीस मुलुकका शिखर सम्मेलन तथा एपेक सम्मेलनमा चीनका नेताले दोहा चरणको वार्तामा चीनको अडान स्पष्ट पार्नुभयो। उक्त सम्मेलनमा सहभागी विभिन्न पक्षले दोहा चरणको वार्ता चाडै नै सफल हुने र समर्थन दिने वचन दिएका छन्।
|