china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पछिल्ला तीस वर्षमा चीनको ग्रामीण क्षेत्रमा विपन्नहरुको संख्या तेइस करोड पचास लाखले घटेको
    (GMT+08:00) 2008-12-08 19:24:33    

              आज पैचिंगमा सुरु भएको चीनको गरिबी निवारण र विकास सम्बन्धी उच्चस्तरीय मन्चमा हाम्रा पत्रकारले जानकारी लिएअनुसार सुधार र खुलापनको नीति लागू भएको तीस वर्षदेखि यता चीनको गरिबी क्षेत्रको आर्थिक र सामाजिक विकास द्रूत गतिले हुँदै आएको छ । ग्रामीण क्षेत्रका विपन्नहरुको संख्या सन् 1978 को पच्चीस करोडबाट घटेर सन् 2007 मा एक करोड पचास लाख पुगेको छ ।उक्त मन्चमा चिनियाँ अधिकारीका अनुसार अब उपरान्त चीनले ग्रामीण क्षेत्रका गरिब जनतालाई सहायता दिने तीव्रतालाई निरन्तर रुपमा बढाउनेछ ।

                पछिल्ला तीस वर्षदेखि चीनको अर्थतन्त्र द्रूत बृद्धिले ग्रामीण क्षेत्रको जनसंख्याको आम्दानीलाई ठूलो मात्रामा बढाउनुका साथै सरकारले ग्रामीण क्षेत्रमा गरिबी निवारणका लागि खर्बौं युआन्‌ रकम लगाएको छ । उक्त कारणले चीनको ग्रामीण क्षेत्रमा विपन्नहरुको संख्या वर्षैपिच्छे घट्दै आएको देखिन्छ । विशेष गरी केही दुर्गम क्षेत्रमा पछिल्ला तीन चार वर्षदेखि गरिबी निवारणसम्बन्धी कार्यले स्पष्ट सफलता प्राप्त गरेको छ ।

               तिव्वत स्वायत्त प्रदेशको उत्तरी भागमा पर्ने ना छ्युको अग्लो पहाडी क्षेत्रमा परेका र बारम्बार प्रकोप भएको कारणले त्यहाँका किसान र पशुपालकहरुको जीवनयापन निकै दुःखमय र कठिन रहेको छ । ना छ्यु प्रिफेक्चरका उपप्रमुख छाइ रन् सान् चुले पत्रकारलाई बताउनुभए अनुसार वितेका दश वर्षमा ना छ्युले पशुपालन उद्योगको विकास गरी बाहिरी क्षेत्रमा श्रमशक्ति पठाउने तरीकामार्फत विपन्नहरुको संख्या एक लाख बीस हजारदेखि चालीस हजारसम्म घटाएको छ ।

               हाम्रो ना छ्यु क्षेत्र पशुपालन गर्ने क्षेत्र हो । पशुहरुको उत्पादनको स्रोत यहाँ प्रशस्त रहेको छ । यहाँको स्रोत पूराका पूरै प्राकृतिक र प्रदूषणविहीन रहेको छ । हालै यहाँको स्रोतसित प्रशोधन गर्ने र अतिरिक्त मूल्य कायम हुन्छ । जसले गर्दा यहाँका वासिन्दाहरुको आम्दानी बढाउन सकिन्छ । हामीले स्थानीय वासिन्दालाई तालीम दिने र श्रमशक्ति बाहिर पठाउने तरीकामार्फत हाम्रो आय बढाउनेछौं।यसको भूमिका निकै ठूलो रहेको छ । भविष्यमा हुने गरिबी निवारण कार्यमा हामी कार्यकौशलको विकासलाई समात्नेछौं ।

                थाहा भएअनुसार गरिबी निवारणको सिलसिलामा चीनले गरिबी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय अनुभगलाई धेरै महत्व दिँदै अन्तर्राष्ट्रिय संगठनसित सक्रियताका साथ सहयोग गरी संयुक्त रुपमा गरिबी निवारण कार्य गर्दै आएको छ । विनरोक अन्तर्राष्ट्रिय कृषि विकास केन्द्र अमेरिकामा अवस्थित गैर सरकारी संगठन हो र सन् 1982 देखि त्यसले चीनको सरकारी विभाग , अनुसन्धान संस्थासित सहयोग गरी कृषि क्षेत्रमा गरिबी निवारण कार्य गर्दै आएको छ । चीनका लागि सो केन्द्रका जिम्मावार व्यक्ति ईथेन गोल्डिंग्सले भन्नुभयोः

               हामी चीनको सरकारी विभाग तथा सामाजिक संगठनसित राम्ररी सहयोग गरेका छौं । हामी विपन्न क्षेत्रका जनतालाई आफ्नो जीवन यापनमा राम्रो सुधार ल्याउनका लागि मदत पुर्‍याउने कार्यमा प्रयासरत् रहेका छौं । उक्त विभाग र संगठनहरुमा चीनको कृषि विज्ञान एकेडेमी , राज्य परिषद्‌ अन्तर्गतको गरिबी निवारण कार्यालय आदि समावेश छन् । हामीले सहयोग गरेका सबै परियोजना निकै सफल भएको मेरो ठहर छ । पछिका पच्चीस वर्षमा हामीले अझ बढी काम गर्ने आशा गरेका छौं ।

                हाल गरिबी निवारण कार्यका सामु आइपरेको समस्यालाई लक्षित गरी चीनको राष्ट्रिय अर्थतन्त्र अनुसन्धान प्रतिष्ठानका प्रमुख फान् कांगले चीनले ग्रामीण श्रमशक्तिको कौशललाई माथि उकास्नु पर्ने र इलमी कौशलको तालीम गर्ने तीव्रतालाई बढाउने ठहर गर्नुभएको छ।

               उहाँले भन्नुभयोः

               आधारभूत विकास र गरिबी निवारणको दृष्टिकोणबाट हेर्दा मौलिक कुरा रोजगारी बनाउनु पर्ने हो । गरिबी निवारणको नीति रोजगारी बृद्धिमा आधारित रहनु पर्छ । सो नीतिले निम्नस्तरीय श्रमशक्तिको रोजगारका लागि वातावरण तयार पार्नुपर्छ । ग्रामीण क्षेत्रमा गरिबी निवारण सरकारको भत्तामा भर परेको होइन बरु बढी रोजगारीका अवसर उपलव्ध गराउने कुरामा भर परेको हो । हाल हाम्रो श्रमशक्तिको मूल गाउँघरमा रहेको छ । तालीम तथा व्यावहारिक शिक्षालाई गाउँघरमा राख्नुपर्छ जसले गर्दा कामदारहरुको गुण माथि उकासिनेछ।

               उक्त मन्चमा चीनको राज्य परिषद्‌अन्तर्गत गरिबी निवारण कार्यालयका अधिकारीका अनुसार भविष्यमा चीन सरकारले कम आम्दानी हुने ग्रामीण जनतालाई सर्वतोमुखी रुपमा गरिबी निवारणको नीति लागू गर्नेछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040