china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह सम्बन्धी विषयको दोश्रो भाग
    (GMT+08:00) 2008-12-09 16:51:29    

    रविः उद्घाटन समारोहको निर्देशन गर्ने चिनियाँ नगरिकको बारेमा केही थाहा छ कि तपाईं‌लाईं ?

    ध्रुवः- उद्घाटन सत्रलाई भव्य बनाउन लागिपरेका चीनका ख्यातिप्राप्त चलचित्र निर्देशक चाङ् इमौलाई म सफलताको पहिलो श्रेय दिन चाहन्छु । पैचिङ ओलम्पिक आयोजक कमिटीले उहाँकै नेतृत्वमा सन् 2006 अप्रिल 16 तारिखका दिन उद्घाटन र समापन समारोहका लागि टोली बनाएको थियो । चाङले उद्घाटन समारोहपछि भन्नुभएको थियो- "उद्घाटन समारोहमा सफल भएको छु, अब समापन समारोहमा ध्यान दिन्छु ।"

    ओलम्पिक उद्घाटनको एक महिनाअघिदेखि उहाँ दिनमा दुइ-तीन घन्टा मात्र सुत्न पाउनुभएको थियो रे । उहाँले संचारकर्मीहरुलाई भन्नुभएको थियो- "चिनियाँ दर्शकहरूले यसअघि ओलम्पिकका उद्घाटन सत्र हेरेका हुनाले पनि मलाई थप चुनौती थियो ।" मेरो विचारमा कुनै पनि दर्शकलाई नराम्रो कुराको आलोचना गर्न सजिलो हुन्छ । त्यसलाई झेल्नुपर्ने दबाब चाङमा पनि थियो । तर सबै कुरा राम्रै भएकोले उहाँलाई आलोचना गर्ने मान्छे मैले भेटिनँ । किनभने उहाँको लगनले पैचिङ ओलम्पिकको उद्घाटन समारोहलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट बनाइदिएको थियो।

    रविजीः कसरी उत्कृष्ठ भन्नुभएको ?

    ध्रुवः कार्यक्रमको सुरुवातमै चाङले २ हजार ८ सय ड्रमरहरुलाई प्रयोग गरी पैचिङ ओलम्पिकको काउन्ट डाउन नम्बर देखाउन लगाउनुभएको थियो । यसअघिका ओलम्पिकमा भिडियो स्क्रिनमा काउन्ट डाउन देखाइन्थ्यो । निर्देशक चाङले "सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रले मानव शक्तिको प्रदर्शन किन नगर्ने भनेर उहाँले ड्रमरहरूलाई नै काउन्ट डाउनको दस, नौ, आठ हुँदै शून्यसम्मको अङ्क बनाउन लगाउनुभएको थियो। यो हेरेर धेरै वाफ रे भनेको मैले सुनेँ ।

    बर्डनेस्ट स्टेडियमभित्र उद्घाटनका दिन मान्छे नै मान्छेले बनाएको सानो बर्डनेस्ट पनि आकर्षणको केन्द्रविन्दु बनेको थियो । त्यस्तै ७० मिटर लामो कपडामा कोरिएको चित्रकला, जसलाई पछि मार्चपासका बेला खेलाडीहरुले खुट्टाले कोरेर अझ मनमोहक बनाइदिएका पनि थिए । चीनको प्राचीन कलालाई ओलम्पिकमा बडो आकर्षक तरिकाले समावेश गरेको मैले पाएँ ।

    समग्रमा भन्नुपर्दा चीनले सारा विश्व चकित हुने गरी ओलम्पिकको उद्घाटन आयोजना देखायो, जसले गर्दा त्यसअघि गरिएका प्रचारबाजी गलत भएको पुष्टि गरिदिएको छ भन्ने मलाई लाग्छ । रोचक पक्ष मानिँदै आएको पवित्र ओलम्पिक ज्योतिबाट आयोजना स्थलमा रहेको क्याल्डेरनमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रमलाई पनि चीनले अपत्यारिलो ढङ्गबाट प्रस्तुत गर्‍यो । ओलम्पिकमा चीनलाई पहिलो स्वर्णपदक दिलाउने नीङ लीनले सुरुमा पवित्रज्योतिलाई लिएर हावामा उड्दै बर्डनेस्टको आधा चक्कर लगाउनुभएको थियो । ओलम्पिकको पवित्र ज्योति बोकेर उहाँ हावामा दौडेजस्तो गर्दा पछाडि पर्दामा टर्च रिले भएका स्थानहरूको भिडियो फुटेज प्रस्तुत गरिएको थियो । त्यसबेला दर्शकहरुले निकै खुशी हुँदै हल्ला गरेका थिए । हल्लाले बर्डनेष्ट नै गुञ्जायमान भएको थियो । रंगशालाको शिरमा ज्योति पुर्‍याएर बालेपछि रंगशाला मात्रै होइन, पैचिङ महानगरकै चारैतिर आकाशमा रंगीचंगी पटाकाहरू पड्काइए । अनि रंगशालामाथि आकाशमा पटकाले पैचिङ ओलम्पिक, २००८ कुँदिएको धेरै पटक र धेरै बेरसम्म देख्न पनि पाइएको पनि थियो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040