
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्बारा सञ्चालित "सुन्दर क्वाङ्ग सि ज्ञान-विज्ञान प्रतियोगिता"का विशेष पुरस्कार बिजेता मानबहादुर खत्रीले क्वाङ्ग सी च्वाङ्ग जातीय स्वायत्त प्रदेशको भ्रमण सिध्याएर आज सि.आर.आईको भ्रमण गर्नुभएको छ।
सि.आर.आई.को नेपाली सेवासँग कुराकानी गर्ने क्रममा श्री मान बहादुर खत्रीले आफ्नो क्वाङ्ग सी भ्रमणको उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँका अनुसार, चीनको भ्रमण आफ्नो लागि ठूलो कुरा हुनुका साथै यस भ्रमणले नेपाल तथा चीनबीच रहँदैआएको परम्परागत सम्बन्धमा कोशे ढुङ्गा सावित गरेको छ। बितेका दिनहरुमा जस्तै आगामी दिनमा पनि सि.आर.आई.लाई आफ्नो तर्फबाट भरपूर सहयोग गर्ने वचन-बद्धता पनि उहाँले गर्नुभएको छ।
|