
चालू वर्ष "विश्व मानव-अधिकार घोषण-पत्र" प्रकाशित साठीऔं वार्षिकोत्सव र चीनमा सुधार र खुलापन नीति लागू भएको तीसौं वार्षिकोत्सव हो । यस अवसरमा चिनियाँ मानव अधिकार विकास कोषका उपप्रमुख र महासचिव लिन् पो छन्ले यताका तीस वर्षदेखि चिनियाँ मानव-अधिकार कारयको विकासबारे सिन्व्हा समाचार समितिका पत्रकारसित कुराकानी गर्नुभयो ।
लिन् पो छन्का अनुसार सुधार र खुलापन नीति लागू भएको तीस वर्षदेखि यता चीनको मानव अधिकार कार्यले "विश्व मानव-अधिकार घोषण-पत्र"को उद्देश्य र सिद्धान्तलाई चीनको आधारभूत राष्ट्रिय वातावरणसित जोड्ने कुरालाई व्यवहारमा उतारेको छ । सन् उन्नाइस सय अठहत्तरदेखि दुइ हजार सातसम्म चीनको अर्थतन्त्र विश्वमा विरलै देखिने नौ दशमलब आठ प्रतिशतको वार्षिक दरले माथि बढ्दै आएको छ । जसले गर्दा चिनियाँ जनताको जीवनयापन पनि स्पष्ट रुपमा माथि बढेको छ ।
लिन् पो छन्का अनुसार यसका अतिरिक्त चिनियाँ जनताको नागरिक र राजनैतिक अधिकार लोकतान्त्रिक ऐनकानुनको निर्माण-क्रममा प्रभावकारी रुपमा सुरक्षित भएको छ ।
|