सि.आर.आई. नेपाली सेवाले नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनका लागि कोशेढुङ्गाको काम गरेको सूचना तथा सञ्चार सचिव लीलामणि पौडेलले बताउनु भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका सचिव पौडेलले सि.आर.आई.सँग कुरा गर्दै सो विचार व्यक्त गर्नु भएको हो।
आफू सि.आर.आई. को नेपाली सेवा नियमित सुन्न नभ्याउने भए पनि वेभसाइटबाट कार्यक्रमका बारेमा निरन्तर जानकारी लिने बताउने पौडेलले सि.आर.आई. नेपाली सेवा माफत चीनका बारेमा सबैभन्दा धेरै जानकारी प्राप्त गर्न सकिने बताउनुभयो। उहाँका अनुसार चीन र चिनियाँको बारेमा भरपर्दो र सर्वोत्कृष्ट जानकारी दिने माध्यम सि.आर.आई. नेपाली सेवाले नेपाली जनमानसमा नेपालको छिमेकी मुलुक चीनको बारेमा सकारात्मक प्रभाव पारेको छ।
चीनको अर्थजगत, चिनियाँ संस्कृति, चिनियाँ प्रविधि तथा चिनियाँ भाषासँगसँगै सि.आर.आई. नेपाली सेवाले चीनको परराष्ट्र नीतिलाई नेपाली र नेपाली भाषी श्रोतासामु पस्कने गरेको छ। सर्टवेभमा गएर सि.आर.आई. नेपाली सेवा सुन्नका लागि समस्या पर्ने हुनाले भरखरै काठमाडौँको मैत्री एफ.एम.ले सि.आर.आई. नेपाली सेवाका कार्यक्रम बनउने गरको छ। यसरी एफ.एम.द्बारा सि.आर.आई. नेपाली सेवाका कार्यक्रम सुन्न पाउनु सर्वसाधारण नेपालीका लागि खुशी कुरा भएको सविच पौडेलले बताउनुभयो।
सूचना तथा सञ्चार मन्त्रालयले सि.आर.आई.का कार्यक्रम विभिन्न एफ.एम.हरुमा लिङ्क गराउना आफूले सक्तो सहयोग गर्ने सचिव पौडेलले वचनवद्धता व्यक्त गर्नुभयो। नेपालमा सि.आर.आई. सुन्ने श्रोताहरुले रचनात्मक काम गरिरहेका र श्रोता क्लबहरुको छाता संगठन सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालले गरेका कार्य प्रशंसनीय रहेकोपनि उहाँले बताउनुभयो।
सन् 1975 जुन 25 तारिखमा स्थापित सि.आर.आई. नेपाली सेवाका लाखौँ नेपाली श्रोताहरुले नेपाल चीन मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्याइरहेका छन्।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|