china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मैत्री संस्थाहरुले दुई देशको सम्बन्धलाई जनस्तरसम्म पुर्‍याएको नेपालका लागि चिनियाँ राजदूत छ्‍वु कोहोङ्गले बताउनुभएको छ।
    (GMT+08:00) 2008-12-16 17:40:46    

          नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउनमा नेपाल चीन मैत्री सम्बन्धमा कार्यरत संघसंस्थाले प्रभावकारी काम गरिरहेको चिनियाँ राजदूत छ्‍वु कोहोङ्गले बताउनु भएको छ। गत शुक्रबार साँझ मैत्री संघसंस्थाका प्रतिनिधिहरुसँगको भेटमा राजदूत कोहोङ्गले सो बिचार व्यक्त गर्नु भएको हो।

               चिनियाँ राजदूत कोहोङ्गले नेपाल र चीनबीचको मैत्री सम्बन्ध अत्यन्त पुरानो रहेको बताउँदै एकाईसौँ शताब्दीमा पनि यी दुई राष्ट्रबीचमा अत्यन्त न्यानो सम्बन्ध रहेको प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो "म नेपालका लागि राजदूत नियुक्त भएर आउनसाथ हाम्रा विदेश मन्त्री याङ्ग छेचीले नेपालको भ्रमण गर्नुभयो। साथसाथै अन्य दुई चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिमण्डलले पनि नेपालको भ्रमण गरेकाले मलाई खुशी लागेको छ।" आफू सँधै दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउन लागिरहने बताउने राजदूत कोहोङ्गले नेपालमाथि कुनै पनि विदेशी हस्तक्षेपको चीनले पूर्ण रुपले बिरोध गर्ने प्रतिवद्धता दोहोर्‍याउनु भयो।

               आफू नेपालका लागि राजदूत भएर आउँदा त्रिभुवन अन्तर्राष्टि्रय विमानस्थानमै मैत्री संघसंस्थाले स्वागत गरेकाले अत्यन्त हर्षित भएको पनि उहाँले सो अवसरमा बताउनुभयो। उहाँले भन्नुभयो "नेपाल र चीनबीचको मैत्री सम्बन्धमा साझा सांस्कृतिक भावनाहरु प्रवल रुपमा रहेका छन् र वर्षौंदेखि मैत्री कार्यमा लगनशील तपाईहरुजस्ता संघसंस्थाले जनस्तरसम्म यो सम्बन्धलाई पुर्‍याउनु भएको छ। म तपाईंहरुको कार्यलाई मुक्त कण्ठले प्रशंसा गर्छ र जस्तोसुकै सहयोग गर्न पनि तयार छु।

              वालुवाटारस्थित चिनियाँ दूतावासमा आयोजित सो छलफल कार्यक्रममा चीन अध्ययन केन्द्र, अरनिको समाज, नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसन, नेपाल हिमालय सिमापार वाणिज्य संघ, सि.आर.आई. श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपाल, नेपाल चीन समाज जस्ता विभिन्न मैत्री संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो।

              एक महिना अगाडि मात्र नेपालका लागि चिनियाँ राजदूत नियुक्त भएर आउनु भएका कोहोङ्गले मैत्री संघसंस्थाहरुसँग पहिलो चोटी यसरी छलफल गर्नु भएको हो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040