चीनको परराष्ट्र-मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज बोल्दै इन्डोनेशियाका उप-राष्ट्रपति मोहमद जोसुफ, इजिप्टका प्रधानमन्त्री अहमद माहूद मोहमद नाजिफ र कुबेतका प्रथम उप-प्रधानमन्त्री एवम प्रतिरक्षामन्त्री काराम जापिरको निमन्त्रणामा चीनका उप-प्रधानमन्त्री लि ख छ्याँग यसै महिनाको बीसदेखि तीस तारिखसम्म उक्त तीन मुलुकको औपचारिक भ्रमण गर्नुहुने कुरा बताउनुभयो।
आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा वताउनुभएको हो।
|