चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले थाइल्याण्डमा स्थिरता, सामाजिक मेलमिलाप र आर्थिक विकास कायम रहन सक्ने अपेक्षा चीनले लिएको कुरा व्यक्त गर्नुभयो।
उहाँले सोह्र तारिख पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिँदै उक्त कुरा बताउनुभएको हो।
सो अवसरमा चीनले श्री भेजाजीभालाई थाइ प्रधानमन्त्रीको पदमा निर्वाचित गरिएकोमा बधाइ प्रकट गरेको कुरा पनि प्रवक्ता लिउले बताउनुभयो।
|