china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह सम्बन्धी विषयको तेश्रो भाग
    (GMT+08:00) 2008-12-16 19:32:31    

    रविजीः ध्रुवजी तपाईंले अगिल्लो हप्ताको कार्यक्रममा पैचिङ ओलम्पिकको उद्घाटन समारोहका दिन लेख्नुभएको डायरीको पहिलो अंश सुनाउनुभएको थियो । अझ धेरै कुरा आजको कार्यक्रमलाई बाँकी राख्नुभएको थियो । उद्धाटन समारोहले प्रभाव पारेका अन्य कुराहरु पनि तपाईंको डायरीमा समावेश छन् कि?

    ध्रुवः छन् रविजी, ओलम्पिकअघि केही राष्ट्रका प्रमुख र सरकारप्रमुखहरूले चीनमा आन्तरिक मामिलामा हस्तक्षेप गर्दै मानव अधिकारको स्थिति खस्कँदो रहेको र तिब्बती शरणार्थीको विरोधमा दमन गरिएको भन्दै कार्यक्रममा सहभागिता नजनाउने बताएका थिए । तर, 8 अगस्टमा उपस्थित विभिन्न सरकार एवम् राष्ट्रप्रमुखहरूको सङ्ख्याले चीनलाई थप उत्साहित बनायो । अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस, फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजी, जापानी प्रधानमन्त्री यासुओ फुकुदा, ब्राजेली राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भा, अफगान राष्ट्रपति हमिद कारजाई, इजरायली राष्ट्रपति सिमोन परेज, रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनलगायत 80 भन्दा बढी देशका राष्ट्र एवम् सरकारप्रमुखको उपस्थितिमा उद्घाटन कार्यक्रममा हुनुलाई पक्कै पनि ओलम्पिकको सफलता मान्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले पनि हुन सक्छ पैचिङ ओलम्पिक मूल आयोजक कमिटीका अध्यक्ष ली चीउले उद्घाटन कार्यक्रमलाई सफल पार्न पुर्‍याएको सहयोगप्रति चीनको तर्फबाट सारा विश्वप्रति कृतज्ञता ज्ञापन गर्न पनि बिर्सनुभएन ।"

    रविजीः राष्ट्रिय रंगशालाभन्दा बाहिर देख्नुभएका दृश्यहरुलाई पनि तपाईंले डायरीमा राख्नुभएको छ कि?

    ध्रुवः रविजी, २९औँ ग्रीष्मकालीन ओलम्पिकको आकर्षणको अर्को केन्द्रबिन्दु आतसबाजी पनि रह्यो भन्ने मलाई लाग्छ। उद्घाटनका दिन बेइजिङ्का एक हजारभन्दा बढी स्थानमा गरिएको आतसबाजीले चीनको राजधानी मध्यरातमा धपक्क बलेको देखिन्थ्यो । थियन आन मन स्क्वायरबाट बर्डनेस्टसम्मको आकाशमा मानिसको पाइलाजस्तो आकारको आतसबाजी देखेर बर्डनेष्टका दर्शकदीर्घा मात्र होइन थिएन आनमनलगायत शहरका अन्य चोकहरुमा भेला भएका सर्वसाधारणसमेत चकित भएका थिए । ओलम्पिकको पवित्रज्योति सोही बाटो हुँदै ल्याइएकोले त्यसलाई आतसबाजीमार्फत् देखाइएको हो । त्यही आतासबाजी हेर्नका लागि पैचिङमा अध्ययनर दुई दर्जन नेपाली विद्यार्थीहरु साँझ छ बजेदेखि नै विश्व विद्यालयबाट बाहिर निस्किएका थियौ । सबै जना पैचिङ भाषा र संस्कृति विश्वविद्यालयमा भेला भएर पहिला बर्डनेष्ट गयौँ‌ । त्यहाँको भीड देखेपछि हामी सडकसडक हिडेर थियनआन मनतिर गएका थियो । त्यसबेलाको आतासबाजी देखेर हामी नेपाली साथीहरु पनि चकित भएका थियौँ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040